
बैतडी । तेस्रो संस्करणको पन्ज्युनयाँ क्रिकेट लिग आजदेखि यहाँ प्रारम्भ भएको छ ।
सुशितम युवा क्लब र दोगडाकेदार गाउँपालिकाद्वारा संयुक्त रुपमा आयोजित प्रतियोगिताको उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले उद्घाटन गर्नुभयो । उन्नाइस टोलीको सहभागिता रहेको प्रतियोगिताको उद्घाटन गर्दै मन्त्री भण्डारीले खेलकुदका साथै सामाजिक विकासका अन्य क्षेत्रमा तीनवटै तहका सरकारबीच समन्वय हुनुपर्नेमा जोड दिनुभयो ।
खेलकुदको माध्यमबाट पनि देशको गरिमा बढाउन मद्दत पुग्ने भएकाले ग्रामीण क्षेत्रमा हुने यस्ता प्रतियोगिताले खेलाडी उत्पादनमा बल मिल्ने मन्त्री भण्डारीले बताउनुभयो ।दोगडाकेदार गाउँपालिका अध्यक्ष चक्र कार्कीले सङ्घीय संरचना बलियो बनाउन स्थानीय तह सबल हुनुपर्छ भन्नुभयो । ‘एक वडा एक खेल मैदान’ निर्माणको अवधारणा पालिकाले अघि सारेको बताउँदै अध्यक्ष कार्कीले बजेट अभावमा त्यसले पूर्णता पाउन नसकेको दुखेसो गर्नुभयो ।
प्रतियोगितामा प्रथम हुने टोलीले नगद एक लाख ५५ हजार ५ सय ५५ रुपैयाँसहित शिल्ड र पदक पाउनेछभने उपविजेता टोलीले नगद ५५ हजार ५ सय ५५ रुपैयाँ पदक र प्रमाणपत्र प्राप्त गर्नेछ ।
यसैगरी, सेमिफाइनलबाट बाहिरिने टोलीलाई सान्त्वना स्वरूप १० हजार, सर्वोत्कृष्ट खेलाडीलाई ११ हजार १ सय ११, उत्कृष्ट ब्याट्सम्यान र बलरलाई ७ हजार ७ सय ७७, उदीयमान खेलाडीलाई ३ हजार ३ सय ३३ र प्रत्येक खेलका उत्कृष्ट खेलाडीलाई १ हजार १ सय ११ रुपैयाँ प्रदान गरिने क्लबका अध्यक्ष वीरसिंह कार्कीले बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति