
काठमाडौँ। श्रीलङ्कामा जारी सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) यु–२० च्याम्पियनसिप पुरुष भलिबलमा नेपाल कीर्गिस्तानसँग पराजित भएको छ ।
श्रीलङ्काको कोलम्बोमा भर्खरै सम्पन्न खेलमा कीर्गिस्तानसँग नेपाल ३–२ को सेटमा पराजित भएको हो । सुरुआती दुई सेट २३–२५, २१–२५ ले गुमाएको नेपालले त्यसपछिका दुई सेट नेपालले आफनो पक्षमा पार्यो । नेपालले २५–२१, २५–२२ ले जित्यो । तर खेलको अन्तिम तथा निर्णायक सेटमा भने नेपाल कीर्गिस्तानसँग १७–१९ ले पछि पर्यो र अन्तत नेपालले हार बेहोरयो ।
नेपालले चार खेलमा सात अङ्क जोडेको छ । यसअघि श्रीलङ्का र माल्दिभ्सलाई समान ३–० को सोझो सेटमा पराजित गरेको नेपालले उज्वेकिस्तानसँग ३–१ सेटको हार ब्यहोरेको थियो । यता कीर्गिस्तानको चार खेलबाट चार अङ्क छ । यसअघि उज्वेकिस्तान र तुर्केमेनिस्तासँग समान ३–० को पराजय ब्यहोरेको कीर्गिस्तानले श्रीलङ्काविरुद्ध ३–२ सेटको जित निकालेको थियो ।
अब नेपालले लिग चरणको आफनो अन्तिम खेलमा भोलि तुर्केमेनिस्तासँग खेल्नेछ । प्रतियोगितामा आयोजक श्रीलंकासहित नेपाल, तुर्किमिनिस्तान, माल्दिभ्स, कीर्गिस्तान र उज्वेकिस्तान सहभागी छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति