
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव राधिका अर्यालले हुलाक सेवालाई समयानुकूल बनाउन संरचनागतदेखि ऐनमा सुधार ल्याउन आवश्यक रहेको बताउनुभएको छ ।
१५०औँ विश्व हुलाक दिवसका अवसरमा हुलाक सेवा विभागद्वारा आज आयोजित हुलाक टिकट प्रदर्शनी कार्यक्रमको शुभारम्भ गर्नु हुँदै उहाँले हुलाक सेवालाई थप सूचना प्रविधि मैत्री बनाउँदै युवा पुस्तामा यसप्रतिको आकर्षण वृद्धि गरिनुपर्छ भन्नुभयो । उहाँले भन्नुभयो– ‘हुलाक सेवालाई अझ सदृढ बनाउन मन्त्रालय साथ दिनेछ । यसका लागि हुलाक सेवा विभागका कर्मचारीलाई थप सिर्जनशील भएर सेवा प्रदान गर्न म आग्रह गर्दछु ।’
नेपाल फिलाटेलिक सोसाइटीको सहकार्यमा विभागले हुलाक टिकट प्रदर्शन आयोजना गरेको हो । प्रदर्शनीमा नेपाल लगायत विश्वभरका हुलाक टिकट राखिएका छन् । त्यस अवसरमा विभागका निमित्त महानिर्देशक ध्रुवराज आचार्यले नेपालमा विंस १९३५ मा हुलाक घरबाट सुरु भएको हुलाक सेवाका समयले निम्त्याएका थुप्रै चुनौती सामना गर्दै आउनुपरेको बताउनुभयो ।
कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले भिडिया सेन्दश दिनुभएको थियो । सन्देशमा नेपाल हुलाक सेवाका विभिन्न आयाममा अभ्यस्त हुने क्रममा रहेको र यसको विकासका लागि थप अग्रसर हुँदै आएको उल्लेख छ । विश्वभरको हुलाक सेवा प्रभावकारी बनाउने हेतुले सन् १८७४ अक्टोबर ९ मा विश्व हुलाक सङ्घ स्थापना भएको हो । नेपालले सन् १९५६ जुलाई ११ मा सङ्घको सदस्यता लिएको थियो ।
हुलाक सेवा विभागका निर्देशक विशाल सापकोटा, नेपाल फिलाटेलिक सोसाइटीका अध्यक्ष चन्द्र रवि श्रेष्ठ, नेपाल अतिरिक्त हुलाक कर्मचारी एसोसिएसनका अध्यक्ष टङ्कप्रसाद हुमागाईं लगायतले हुलाक सेवाको विगत, वर्तमान र भविष्यबारे धारणा व्यक्त गर्नुभएको छ ।
एक दिने प्रदर्शनीमा मिलनचन्द्र जोशी, मन्दिरा प्रधानाङ्ग, रिदिमा शाक्य, दिनेशराज मास्के, दीपेन्द्ररत्न शाक्य, किशोर शर्मा लगायतले टिकट सङ्कलन गर्नुभएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति