
तनहुँ । शुक्लागण्डकी नगरपालिका–६ स्थित झाँगाझोली पछिल्लो समय पर्यटकीय गन्तव्य बन्दै गएको छ ।
नेपालीहरुको महानपर्व बडादशैँ नजिकिएसँगै दैनिक यहाँ आन्तरिक पर्यटकको घुइँचो लाग्ने गरेको छ । धार्मिक पर्यटकीयस्थलको रुपमा परिचित यस क्षेत्रमा पर्यटकको आवागमन बढ्दै गएको छ ।
तीन खोले मन्दिर नजिकै झाँगाझोली रहेको छ । मन्दिर जानेआउने एवं भक्तजन र पर्यटकहरु झाँगाझोली आउन छुटाउँदैनन् । विशेष गरी साँझको समयमा पर्यटकको चहलपहल बढ्ने गरेको स्थानीय शङ्रप्रसाद अधिकारीले बताउनुभयो । रातिको समयमा यहाँबाट गौरादेवी उद्यानको अवलोकन गर्न पर्यटक लालायित हुने गरेका उहाँको भनाइ छ ।
पृथ्वी राजमार्गको खैरेनीटार बजारबाट दुई दशमलव पाँच किलोमिटरको दूरीमा झाँगाझोली रहेको छ । अधिकारीसहित तीनजनाले पर्यटकको आगमनलाई ध्यानमा राख्दै यहाँ करिब १७ रोपनी क्षेत्रफलमा रु दुई करोडको लगानीमा रिसोर्ट सञ्चालन गर्नुभएको छ ।
दशैँ बिदा भएसँगै व्यवस्थित बाल उद्यानमा रमाउन यहाँ आउने बालबालिकाको सङ्ख्या उल्लेख्य रहेको छ । राति १० बजेसम्म पर्यटक यहाँको मनोरम दृश्यमा रम्ने गरेका छन् । विशेष गरी जिल्लाको ऋषिङ, घिरिङ, भीमाद, म्याग्दे शुक्ला स्याङजा, पोखरा कोलाहल भएकाले शान्त वातावरणमा रमाउन आउने गरेका छन् । ‘अहिले दिनमा तीन सयसम्म पर्यटक घुम्न आउने गरेका छन्’ अधिकारीले भन्नुभयो ।
झाँगाझोलीमा अर्गाानिक तरकारीखेती समेत सुरु गरिएको छ । करिब पाँच रोपनी क्षेत्रफलमा तरकारी खेती थालिएको रिसोर्ट सञ्चालक उज्वल पौडेलले बताउनुभयो । यस क्षेत्रलाई घुम्न लायक स्थलको रुपमा विकास गर्न लागिएको उहाँले बताउनुभयो । एकीकृत नमूना कृषितर्फ च्याउ र मौरी जडीबुटीको खेती थालिएको छ । बिहानको समयमा यस स्थानबाट देखिने हरियाली जङ्गलको मनमोहक दृश्य र खोलाको कलकल आवाज र शान्त एकान्तस्थलले पर्यटकलाई आनन्द दिलाउने गरेको छ ।
सरकारले पृथ्वीराजमार्गमा पर्ने खैरेनीटारदेखि झाँगाझोली चोकसम्म सडक कालोपत्र गर्न एक करोड रुपैयाँ विनियोजन गरेपश्चात ठेक्का सम्झौता भइसकेको छ । त्यसैगरी भवन विभागले झाँगाझोलीबाट दरगाउँ सडक खण्डमा कालोपत्र गर्न ५० लाख रुपैयाँ विनियोजन गरेको छ । सडक कालोपत्र गरिए यस क्षेत्रमा पर्यटकको आगमन अझै बढ्ने स्थानीयवासी बताउँछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति