
बैतडी । दोगडाकेदार गाउँपालिका–६ पन्ज्युनयाँमा सञ्चालन हुने तेस्रो संस्करणको पन्ज्युनयाँ क्रिकेट लिगको तयारी तीव्र पारिएको छ ।
दोगडाकेदार गाउँपालिकाको प्रायोजन तथा शुशितम युवा क्लबको आयोजनामा हुने प्रतियोगिता असोज २८ गतेदेखि शुरु हुँदैछ । प्रतियोगिता मिति नजिकिएसँगै तयारी तीव्र पारिएको आयोजक शुशितम युवा क्लबका सचिव जगदीशसिंह कार्कीले जानकारी दिनुभयो । वडा नम्बर ६ स्थित पन्ज्युनयाँ खेलमैदानमा सञ्चालन हुने प्रतियोगिताका लागि मैदान व्यवस्थित, खेलाडी टोली दर्तालगायतको काम जारी रहेको छ ।
प्रतियोगिताका लागि खेल टोली दर्ता खुल्ला गरिएको र सहभागी हुन चाहने टोलीले असोज २५ गतेसम्म नाम दर्ता गराइसक्नुपर्ने शुशितम युवा क्लबका सदस्य अशोक कार्कीले जानकारी दिनुभयो । खेलाडी टोली दर्ता शुल्क १२ हजार ५ सय राखिएको छ ।
प्रतियोगिताको विजेता टोलीले एक लाख ५५ हजार ५५५ रुपैयाँँ ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार पाउने आयोजक शुशितम युवा क्लबका अध्यक्ष वीरसिंह कार्कीले बताउनुभयो । उपविजेता टोलीले ५५ हजार ५५५ ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार दिइनेछ । यसका साथै सेमिफाइनलबाट बाहिरिने टोलीलाई सान्त्वनास्वरूप १०÷१० हजार, सर्वोत्कृष्ट खेलाडीले ११ हजार १११, सर्वोत्कृष्ट ब्याटर र बलरले समान सात हजार ७७७, उदीयमान खेलाडीलाई तीन हजार ३३३ र प्रत्येक खेलका उत्कृष्ट खेलाडीले एक हजार १११ रुपैयाँँ पुरस्कार पाउने जनाइएको छ ।
प्रतियोगितामा जिल्लाभित्र र बाहिरका टोली पनि सहभागी हुन पाउनेछन् । सहभागी हुने टोलीले चारजना विदेशी खेलाडी राख्न पाउने जनाइएको छ । खेल टेनस बलले खेलाइने र एलबिडब्लू आउट लागू नहुने आयोजकले जनाएको छ ।
प्रतियोगिताले क्रिकेटको विकासका साथै खेलाडी उत्पादनमा सहयोग पुग्ने विश्वास गरिएको गाउँपालिकाका अध्यक्ष चक्र कार्कीले बताउनुभयो । यसअघि सम्पन्न पहिलो संस्करणको पन्ज्युनयाँ क्रिकेट लिगको उपाधि दोगडास्टार क्लब र दोस्रो आयोजक शुशितम युवा क्लबले जितेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति