
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्राध्यापक तत्व तिम्सिनाद्वारा लिखित ‘समृद्धिको अन्तर्वस्तु’ लोकार्पण गर्नुभएको छ ।
प्रधानमन्त्री निवासमा आज त्यो पुस्तक लोकार्पण गर्दै उहाँले हरेक प्राणीको चाहना सुख भए पनि मानवलाई सम्मानित तथा सुरक्षित जीवन यापनका निम्ति गरिबी अन्त्य गरी ‘समृद्ध विश्व, सुखी मानवजाति’ तर्फको यात्रामा अग्रसर हुनुपर्नेमा जोड दिनुभयो ।
हरेक व्यक्तिले सम्मानित जीवन बाँच्न पाउनुुपर्नेमा जोड दिँदै प्रधानमन्त्री ओलीले समृद्धिका बारेमा विमर्श गर्दा वातावरण संरक्षणलाई बिर्सन हुँदैन भन्नुभयो ।
लेखक तिम्सिनाले प्रधानमन्त्री ओलीको अवधारणा ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षाको आलोकमा खुशी र सुखको वैज्ञानिक विश्लेषण पुस्तकमा गरिएको जानकारी दिनुभयो ।
समृद्धि अध्ययन तथा अनुसन्धान केन्द्रद्वारा प्रकाशित पुस्तकमा समृद्धिलाई मन, मस्तिष्क र मनस्थितिका आधारमा विविध सामाजिक र आर्थिक पक्षको लेखाजोखा गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति