
आइसक्यो फेरि नी साहुलाई ढाँट्ने दिन
तिरेरै गाछैन पोहोर सालकै ऋण
दशैँ आइसक्यो,
रित्तो गोजी रित्तै छ भकारी परान खाइसक्यो ...
यस्तै शब्द समेटेर लोक तथा दोहोरी गायक विष्णु खत्रीले नेपालीहरुको महान् चाड दशैँलाई लक्षित गरी ‘दशैँ आइसक्यो’ गीत सार्वजनिक गर्नुभएको छ । गीतमा गरिबीका कारण दशैँ मनाउन कठिन भएको आम नेपालीको कथा उजागर गरिएको छ ।
विष्णु खत्री नामक युट्यूब च्यानलबाट सार्वजनिक गरिएको यो गीतमा गायक खत्री र लक्ष्मी खड्काको स्वर रहेको छ भने लय÷शब्द स्वयं गायक खत्रीकै छ । गीतको सङ्गीत संयोजन कृष्ण विकले गर्नुभएको छ ।
गायक खत्रीले यस अघिका दशैँमा ‘दशैँमा आउ प्यारा’, ‘दशैँ तिहार आउँदा’, ‘सुनको जलप’, ‘माया अपार’, ‘रिनै रिनको’, ‘मेरो यस्तै चाल छ’, ‘दशैँ तिहार गाउँमा’ र ‘चचहुई’ लगायतका दशैँ सम्बन्धी लोक तथा दोहोरी गीत बजारमा ल्याउनुभएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति