+

सिन्धुलीमा बस दुर्घटना, २ जनाको मृत्यु

सिन्धुली । सिन्धुलीमा  बस दुर्घटना हुँदा २ जनाको  मृत्यु भएको छ । 

काठमाडौँबाट भोजपुर जाँदै गरेको बागमती प्रदेश ०१००६ ख ६७८५ नम्बरको  यात्रुबाहक बस सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–५ महेन्द्रझ्याडीस्थित भलखाडामा आज दिउँसो ३ बजे दुर्घटना भएको हो । 

मदन भण्डारी राजमार्गअन्तर्गत भलखाडामा भएको दुर्घटनामा दुई जनाको घटनास्थलमै मृत्यु भएको  प्रहरी उपरीक्षक गोविन्दराज काफ्ले जानकारी दिनुभएको छ । 

थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै

ताजा उपडेट