
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) को अक्सन सम्पन्न भएको छ । विभिन्न आठ टोलीमा ९१ खेलाडी अक्सनबाट अनुबन्धित भएका छन् ।
नेपाल क्रिकेट सङ्घ (क्यान) को आयोजनामा आगामी नोभेम्बर ३० तारिखदेखि डिसेम्बर २१ तारिखसम्म कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सञ्चालन हुने उक्त प्रतियोगिताका लागि विभिन्न आठ टोलीमा ९१ खेलाडी आज अक्सनद्वारा अनुबन्धित भएका हुन् । अक्सनबाट आठै टोलीले १०–१० खेलाडी टोलीमा भित्र्याए ।
अक्सनबाट विराटनगर किङ्ग्समा लोकेश बम, प्रतिश जीसी, बशीर अहमद, राजेश पुलामी मगर, जितेन्द्रकुमार मुखिया, अनिल खरेल, दिपक बोहरा, सुभाष भण्डारी, नरेन भट्ट र मृनाल गुरुङ रहेका छन् ।
त्यस्तै चितवन राइनोजमा रिजन ढकाल, कमलसिंह ऐरी, शरद भेषावकर, बिपिन रावल, सन्तोष कार्की, दिपेश श्रेष्ठ, अमरसिंह रौटेला, दिपक बोहरा, रञ्जीत कुमार र गौतम केसी अक्सनबाट छानिएका छन् ।
त्यसैगरी जनकपुर बोल्ट्समा ललित राजवंशी, अनिलकुमार साह, रुपेश सिंह, किशोर महतो, आकाश त्रिपाठी, शुभ कंसाकर, शेर मल्ल, हेमन्त धामी, अरनिप्रसाद यादव र तुलबहादुर थापा मगर अक्सनबाट छानिएका छन् ।
कर्णाली याक्समा गुलशनकुमार झा, नन्दन यादव, मौसम ढकाल, अर्जुन घर्ती, देव खनाल, ऋत गौतम, भुवन कार्की, दिपेन्द्र रावत, दिपक डुम्रे र युनिशविक्रम सिंह ठकुरी तथा काठमाडौँ गोर्खाजमा शाहब आलम, भीम सार्की, रसिद खान, शंकर राना, दिपेशप्रसाद कँडेल, सुमित महर्जन, कृष्ण काकी, बिबेक केसी, प्रतीक श्रेष्ठ र राजु रिजाल अक्सनबाट छानिएका छन् ।
यसैगरी लुम्बिनी लायन्समा सूर्य तामाङ, बिबेक यादव, सन्दीप जोरा, आशुतोष घिरैया, तिलक राज भण्डारी, दुर्गेश गुप्ता, अर्जुन साउद, दिनेश अधिकारी, अभिषेश गौतम र बिकाश आग्री अक्सनबाट छानिएका छन् । पोखरा एभेन्जर्समा सागर ढकाल, आकाश चन्द, किरण कुमार ठगुन्ना, नारायण जोशी, बिपिन खत्री, दिलीप नाथ,त्रित राज दास, सुनाम गौतम, दिनेश खरेल र अमृत गुरुङ तथा सुदूरपश्चिम रोयल्समा आरिफ शेख, अविनाश बोहरा, विनोद भण्डारी, इशान पाण्डे, अर्जुन कुमाल, खडक बहादुर बोहरा, नरेश बुढायर, भोजराज भट्ट, अमित श्रेष्ठ र नरेन साउद अक्सनबाट छानिएका छन् ।
अक्सनको ग्रेड ‘ए’ मा न्यूनतम रु १० लाख र उच्चतम रु १५ लाख राखिएको थियो भने ग्रेड ‘बी’मा न्यूनतम रु ५ लाख र उच्चतम रु १० लाख थियो । त्यस्तै ग्रेड ‘सी’मा न्यूनतम रु दुई लाख र उच्चतम रु पाँच लाख मुल्य तोकिएको थियो । अब चार/चार विदेशी खेलाडी र एक स्थानीय खेलाडी आबद्ध भएसँगै प्रत्येक टोलीमा १६–१६ खेलाडी रहने छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- एकैदिन तोलामा ५ हजार बढ्यो सुन
- राष्ट्र बैंकको गभर्नरमा डा. विश्वनाथ पौडेल नियुक्त
- भीमफेदीमा गाडी दुर्घटना हुँदा १४ घाइते, तीन जना गम्भीर
- आज ४ बजे गभर्नर सिफारिस समितिको बैठक बस्दै, ५ बजे मन्त्रिपरिषद बैठक
- ‘प्रधानमन्त्रीलाई हेलिकप्टरमा भाग्न छुट दिन्छौं’
- प्रतिनिधि सभाबाट दशरथ चन्द विश्वविद्यालय विधेयक पारित
- रवि लामिछानेको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुँदै
- यूएईलाई हराउँदै नेपाल महिला विश्वकप छनोटको ग्लोबल क्वालिफायरमा
- दुईवटा विषय थाती राखेर उपसमितिले बुझायो विद्यालय शिक्षा विधेयकको प्रतिवेदन
- रसुवामा स्याउ बोकेको गाडीमा भेटियो ठूलो परिमाणमा सुन