
काठमाडौँ । पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटको अक्सनमा विकेट किपर एवं ब्याटर अनिलकुमार साहलाई १५ लाख रुपैयाँमा जनकपुर बोल्ट्सले पाएको छ ।
नेपाल क्रिकेट सङ्घ (क्यान) द्वारा आज यहाँ आयोजित अक्सनमा अनिलले न्यूनतम १० लाख रुपैयााँ राखेका थिए । उहाँलाई किन्न अक्सनमा सबै आठ टोलीले प्रतिस्पर्धा गरेका थिए । जसमा अनिललाई ‘लक्की ड्र’मार्फत जनकपुरले पाएको हो ।
आठ टोलीले नै मूल्य लगाउने अनिल एक्लो खेलाडी हुनुहुन्छ । जनकपुरमा आसिफ शेख मार्की खेलाडीका रूपमा रहेका छन् । यसैगरी, बायाँ हाते स्पिनर सागर ढकाल १५ लाखमा पोखरा एभेन्जर्समा अनुबन्ध हुनुभएको छ । ‘ग्रेड ए’ मा नाम राखेका उहाँलाई किन्न चितवन, सुदूरपश्चिम, पोखरा र कर्णालीले प्रतिस्पर्धा गरेका थिए । जसमा ‘लक्की ड्र’ मार्फत पोखराले पाएको हो ।
तीव्र गतिका बलर प्रतिश जिसीलाई १५ लाखमा विराटनगरले अनुबन्ध गरेको छ । ‘ग्रेड ए’ मा रहेका उहाँलाई अक्सनमा काठमाडौँ, सुदूरपश्चिम र विराटनगरबीच प्रतिस्पर्धा भएको थियो । उहाँलाई लक्की ड्रमार्फत विराटनगरले पाएको हो ।
लोकेश बमलाई विराटनगरले १५ लाखमा अनुबन्ध गरेको छ । विस्फोटक ब्याटरका रुपमा परिचित उहाँलाई किन्न जनकपुरबाहेक सुदूरपश्चिम, काठमाडौँ, लुम्बिनी, विराटनगर, पोखरा, चितवन र कर्णालीले प्रतिस्पर्धा गरेका थिए ।
मध्यक्रमका ब्याटर आरिफ शेख सुदूरपश्चिम रोयल्समा अनुबन्ध हुनुभएको छ । उहाँलाई १५ लाखमा सुदूरपश्चिमले किनेको हो । आरिफले न्यूनतम मूल्य १० लाख राख्नुभएको थियो । अक्सनमा उहाँलाई अनुबन्ध गर्न कर्णाली, सुदूरपश्चिम र काठमाडौँबीच प्रतिस्पर्धा भएको थियो । तीन टोलीबीचको प्रतिस्पर्धामा उच्चतम मूल्य १५ लाखमा सुदूरपश्चिमले अनुबन्ध गरेका हो ।
यसैगरी, रिजन ढकाल १० लाखमा चितवन राइनोजमा आबद्ध हुनुभएको छ । ए ग्रेडमा रहेका उहाँले न्यूनतम १० लाख पाउनुभएको छ । त्यस्तै, अलराउन्डर दीपेश कँडेललाई काठमाडौँले पाँच लाख रुपैयाँ तिरेर अनुबन्ध गरेको छ । अक्समा कँडेलले न्यूनतम मूल्य पाँच लाख राख्नुभएको थियो । यसैगरी, अलराउन्डर नारायण जोशी १० लाख रुपैयाँमा पोखरा एभेन्जर्समा अनुबन्ध हुनुभएको छ ।
युवा ब्याटर ऋत गौतम पाँच लाखमा नै बिक्री हुनुभएको छ । न्यूनतम मूल्य पाँच लाख रुपैयाँ राखेका उहाँलाई कर्णालीले मात्रै मूल्य लगाएको थियो ।
आगामी नोभेम्बर ३० देखि डिसेम्बर २१ तारिखसम्म कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने प्रतियोगताको अक्सनमा करिब डेढ सयभन्दा बढी खेलाडी सहभागी रहेको क्यानले जनाएको छ । अक्सन चलिरहेको छ ।
अक्सनको ग्रेड ‘ए’ न्यूनतम १० लाख र उच्चतम १५ लाख राखिएको छ भने ग्रेड ‘बी’मा न्यूनतम पाँच लाख र उच्चतम १० लाख छ । त्यस्तै, ग्रेड ‘सी’मा न्यूनतम दुई र उच्चतम पाँच लाख रुपैयाँ तोकिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति