
काठमाडौँ । स्थानीय तह उपनिर्वाचनका लागि पछिल्लो समय राजनीतिमा चर्चामा रहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सहितका पार्टीले दलले दर्ता गराएका छन्।
आउने मंसिर १६ गते हुने भनिएको उपचुनावका लागि विभिन्न २६ राजनीतिक दलले निवेदन दिएको र त्यसमध्ये कानुनी प्रक्रिया पूरा भएका २५ दललाई दर्ता गरिएको निर्वाचन आयोगको प्रवक्ता नारायणप्रसाद सापकोटाले जानकारी दिनुभएको छ।
‘आयोगले असोज १० गतेदेखि १६ गतेसम्म दल दर्ताको लागि आह्वान गरिएको थियो, त्यसमा २६ राजनीतिक दलले निवेदन दिएका थिए’ उहाँले भन्नुभयो – ‘राजनीतिक दलसम्बन्धी नियमावली २०७४ को नियम अनुसार कानुनी प्रक्रिया पूरा भएका २५ राजनीतिक दललाई दर्ता गराइएको हो ।’
आयोगका अनुसार दल दर्ता गराउनेमा स्थानीय तह उपनिर्वाचनका लागि नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र जनता समाजवादी पार्टी (जसपा) नेपाल लगायतका पुरानै पार्टी बढी छन् ।
त्यस मध्ये पछिल्लो समय राजनीतिमा हौसिएको रास्वपाले पनि दल दर्ता गराएको हो । रास्वपा पहिलो पटक स्थानीय तहमा भाग लिँदैछ। रास्वपा अघिल्लो पटकको स्थानीय तह निर्वाचनपछि खुलेको दल हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति