
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)मा केही नेताको जिम्मेवारी हेरफेर भएको छ । केही विभागमा प्रमुख मनोनयन समेत गरिएको छ ।
अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीको केही विभाग प्रमुखको जिम्मेवारी हेरफेर र केही विभागमा प्रमुख मनोनयन गर्नुभएको हो । पार्टीका प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले विज्ञप्ति जारी गर्नु भई पार्टी केन्द्रीय अध्यक्ष लिङ्देनले पार्टीको विधानबमोजिम केही विभाग प्रमुखहरूको जिम्मेवारी हेरफेर र केही विभागका प्रमुखहरूको मनोनयन गर्नुभएको जानकारी दिनुभएको छ ।
उहाँका अनुसार सङ्गठन विभागको प्रमुखमा वरिष्ठ नेता उपाध्यक्ष बुद्धिमान तामाङ, स्थानीय तह परिचालन विभागको प्रमुखमा वरिष्ठ नेता एवं उपाध्यक्ष ध्रुवबहादुर प्रधान, राजनीतिक विभागको प्रमुखमा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र रहनुभएको छ ।
यसैगरी पर्यटन विभागको प्रमुखमा सहायक महामन्त्री विजय खड्का, विपद् व्यवस्थापन विभागको प्रमुखमा केन्द्रीय सदस्य उद्धव थापा, सूचना प्रविधि विभाग (आइटी) को प्रमुखमा केन्द्रीय सदस्य उद्धवराज भेटुवाल र लेखा समितिको प्रमुखमा केन्द्रीय सदस्य केदार न्यौपाने रहनुभएको जनाएको छ ।
अध्यक्ष लिङ्देनको यो निर्णयले राप्रपाका केही नेता तथा कार्याकर्तामा भने असन्तुष्टि बढेको छ । धवल शम्सेर राणालाई संगठन विभागबाट हटाएपछि राप्रपाभित्र असन्तुष्टि बढेको हो । अध्यक्ष राजेन्द्र लिङ्देनले संगठन विभागको प्रमुखबाट राणालाई हटाएर बुद्धिमान तामाङलाई प्रमुख बनाएपछि राप्रपामा असन्तुष्टि देखिएको हो । पार्टीका पूर्वअध्यक्ष डा प्रकाशचन्द्र लोहनीले बिरामी भएर विदेशमा उपचार गराइरहेका बेला राणालाई हटाएकोमा आपत्ति जनाउनुभएको छ ।
अध्यक्ष लिङ्देनको निर्णय लगत्तै पूर्वअध्यक्ष लोहनीले सामाजिक सन्जालमा लेख्नुभएको छ– राप्रपाका सांसद तथा महामन्त्री धवल शम्शेर बिरामी भएर विदेशमा उपचार गराउँदै हुनुहुन्छ । यस्तो बेलामा उहाँलाई सङ्गठन विभागको प्रमुखबाट हटाउनु अविवेकी तथा अ्मानवीय निर्णय हो र बिरामी साथीलार्ई तनाव दिने काम मात्र हो । यो निर्णयप्रति म दुःख व्यक्त गर्दछु र मेरो असहमति स्पष्ट गर्दछु ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति