
काठमाडौँ । परराष्ट्रमन्त्री डा आरजु राणा देउवा कतारको दोहामा आयोजित एशिया कोअपरेसन डायलग (एसिडी) को तेस्रो सम्मेलनमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै त्यहाँ विभिन्न द्विपक्षीय भेटवार्तामा व्यस्त रहनुभएको छ ।
सम्मेलनको ‘साइडलाइन’मा परराष्ट्रमन्त्री डा राणाले बिहीबार विभिन्न देशका उपप्रधानमन्त्री, विदेशमन्त्री एवं मन्त्रीहरुसँग द्विपक्षीय भेटवार्ता गर्नुभएको हो । सम्मेलनमा एसिडी समूहमा आबद्ध एशियाली राष्ट्रका राष्ट्रपति, प्रधानमन्त्री, उपप्रधानमन्त्री, विदेशमन्त्री तथा मन्त्रीहरुको सहभागिता रहेको छ ।
सम्मेलनलाई सम्बोधनपछि मन्त्री डा राणाले बिहीबार किर्गिज गणतन्त्रका उपप्रधानमन्त्री एदिल बैसालभ, म्यान्माका उपप्रधानमन्त्री तथा विदेशमन्त्री यु थान स्वे, साउदी अरेबियाका युवराज एवं विदेशमन्त्री फाइसल बिन फराह अल साउदसँग भेटवार्ता गर्नुभयो ।
त्यसैगरी मन्त्री डा राणासँग संयुक्त अरब इमिरेट्सका वैदेशिक व्यापारसम्बन्धी राज्यमन्त्री डा थानी अहमद अल जियोदीले पनि शिष्टाचार भेटवार्ता गर्नुभएको थियो । ती भेटवार्तामा आपसीहित र चासोका विविध विषयका साथै आगामी दिनमा थप सम्बन्ध विस्तार र सहकार्यबारे कुराकानी भएको थियो ।
परराष्ट्रमन्त्री डा राणा क्यानाडाको टोरन्टोमा आयोजित विश्वका महिला विदेशमन्त्रीको बैठक, अमेरिकाको न्यूयोर्कमा आयोजित संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभा र कतारको दोहामा आयोजित एसिडीको तेस्रो सम्मेलनमा सहभागिता जनाएर आज दोहाबाट स्वदेश फर्कंदै हुनुहुन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति