
कर्णाली । कर्णाली प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री सुरेश अधिकारीले प्रभावकारी सेवा प्रवाह तथा राजश्व वृद्धिमा ध्यान दिन कर्मचारीलाई निर्देशन दिनुभएको छ ।
आज डिभिजन वन कार्यालय सुर्खेतको वीरेन्द्रनगरस्थित नवनिर्मित भवन उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री अधिकारीले कर्णाली प्रदेशमा राजश्व सङ्कलनको मुख्य आधार उद्योग, पर्यटन र वन क्षेत्र भएको बताउनुभयो । ‘भवन सुविधा सम्पन्न बनेको छ’ उहाँले भन्नुभयो– ‘अब यहाँबाट प्रभावकारी सेवा प्रवाह गर्नुस् र राजश्व वृद्धि हुने क्रियाकलापमा जोड दिनुस् ।’
कर्णालीमा धेरै ठूलो उद्योग नभएपनि पर्यटन, जडीबुटी र वन राजश्व सङ्कलनको मुख्य स्रोत भएको मन्त्री अधिकारीको भनाइ छ ।
डिभिजन वन कार्यालय सुर्खेतका डिभिजन वन अधिकृत बसन्तबाबु श्रेष्ठले नवनिर्मित भवन प्रदेश सरकारको आफ्नै बजेटमा भ्याटसहित २ करोड १७ लाख रुपैयाँमा निर्माण भएको जानकारी दिनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति