
ललितपुर । लगातारको वर्षापछि आएको बाढीपहिरोबाट प्रभावित भएकालाई राहतसामग्री वितरण तथा पुनःस्थापन गर्न नेपाली कांग्रेस ललितपुरले जिल्लाका ६ वटा पालिकामा प्रतिनिधि परिचालन गरेको छ ।
नेपाली कांग्रेस ललितपुर जिल्ला कार्यसमितिको आजको बैठकले उद्धार, राहतसामग्री वितरण र पुनःस्थापनाका लागि समन्वय गर्न र तथ्याङ्क सङ्कलन गरी विवरण पेश गर्ने जिम्मेवारीसहित पदाधिकारी परिचालन गरेको हो ।
महाङ्काल गाउँपालिकामा ऋषिदेव फुँयाल, कोञ्ज्योसोम गाउँपालिकामा राजनप्रसाद घिमिरे, बागमती गाउँपालिकामा माधव दुलाल, गोदावरी नगरपालिकामा बालमुकुन्द घिमिरे, महालक्ष्मी नगरपालिकामा रोनिल पौडेल र ललितपुर महानगरपालिकामा सन्तोषराज केसीलाई प्रतिनिधि बनाइएको कांग्रेस ललितपुर जिल्ला कार्यसमितिले जनाएको छ । सम्पूर्ण पालिकाको समन्वयको जिम्मा ऋषिदेव फुँयाललाई दिइएको छ ।
बैठकले राहतसामग्री वितरण गर्नका लागि ‘बाढीपहिरो राहत तथा पुनःस्थापना कोष–२०८१’ स्थापना गरिएको फुँयालले जानकारी दिनुभयो । सहयोगका लागि हिमालय बैंक, नखिपोट शाखाको खाता नम्बरमा रकम जम्मा गर्न आह्वान गरिएको उहाँले बताउनुभयो ।
बैठकले बाढीपहिरो पीडितप्रति ‘शुभकामना होइन समानुभूति’ कार्यक्रममार्फत समवेदना र राहतसामग्री पुर्याउने निर्णय गरेको पनि फुँयालले जानकारी दिनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति