
काठमाडौँ । हालैको बाढीपहिरोले मुलुकको खेलकुद क्षेत्रले मानवीय र भौतिक पूर्वाधारमा ठूलो क्षति व्यहोर्नुपरेको छ ।
मकवानपुर इन्द्रसरोवर–३ स्थित बत्सला माध्यमिक विद्यालयमा अध्ययनरत एन्फा सिस्नेरी एकेडेमीका प्रशिक्षण रहेका छ बालकको निधन भयो । मकवानपुर जिल्ला फुटबल सङ्घका अध्यक्ष टीका लामाका अनुसार मकवानपुरका अनुप घलान, साइमन योञ्जन, दिवस बाँनिया, सर्लाहीका आदित्य बलमपाकी, काठमाडौँका रियान्स आचार्य र बाराका विकल रेग्मी सुरक्षित स्थानमा सर्ने क्रममा पहिरोमा परेका हुन् ।
एन्फाका केन्द्रीय सदस्य रहनुभएका लामा भन्नुहुन्छ– ‘देशका होनहार फुटबल खेलका प्रतिभा पहिरोमा परेको घटनाले मुलकको खेल क्षेत्रलाई अपुरणिय क्षति भएको छ, यो निकै दुखद् घटना भएको छ, सुरक्षित स्थानतर्फ लैजाने क्रममा यो घटना हुन पुग्यो ।’
उनीहरु त्यहाँ गत वैशाखदेखि क्याम्पमा रही प्रशिक्षण गरिरहेका विद्यार्थीमध्ये अरु दुई जना त्यस घटनामा घाइते भए । त्यस एकेडेमीका पहिलो समूहमा रहेका उनी सबै १४ वर्ष मुनिका खेलाडी हुन् । एन्फाको प्रशिक्षणमा त्यो उमेर समूहका ४० विद्यार्थी प्रशिक्षणमा थिए ।
भौतिक पूर्वाधारका क्षेत्रमा ललितपुरको च्यासलस्थित खेलमैदान हनुमन्ते र बागमतीको बाढी पसेर तहस–नहस बनाएको छ भने प्रदेश र स्थानीय तहको सहयोगमा बनेका कयौं खेलमैदान बाढी कटानमा परेका छन् । राष्ट्रियस्तरको ललितपुरको च्यासलमा रहेका खेलमैदानमा बाढी पसेर क्षति भएको जानकारी प्राप्त भए पनि प्रदेश र स्थानीय तहको भने विवरण प्राप्त भई नसकेको युवा तथा खेलकुद मन्त्रालयका सहसचिव एवम् प्रवक्ता रुद्र अधिकारीले बताउनुभयो ।
बागमती प्रदेशमा प्रदेश सरकार र स्थानीय सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा केही वर्षअघि मात्रै निर्माण गरिएका सय भन्दा बढी खेलमैदानसहित भौतिक पूर्वाधारमा क्षति भएको छ । सरकारले हरेक स्थानीय तहमा एक खेलग्राम बनाउने नीति अनुसार हाल २ सय ६५ स्थानीय तहमा खेलग्राम निर्माणाधिन अवस्थामा रहेको युवा तथा खेलकुद मन्त्रालयले जनाएको छ ।
राष्ट्रिय खेलकुद परिषद् मातहत अन्तर्राष्ट्रिय, राष्ट्रिय, प्रदेश र जिल्ला स्तरीय खेलकुद पूर्वाधार छन् । सुरक्षा निकायसँग सम्बद्ध पनि आफ्नै खेल संरचना छन् । निजी क्षेत्रबाट पनि जिमखाना, पौडी पोखरी र फुटसल सञ्चालनमा छ । खासगरी रोशी खोला, सुनकोसी र बागमती नदी किनार तटिय क्षेत्रमा रहेका त्यस्ता पूर्वाधार कटान र डुबानमा पर्दा ठूलो नोक्सानी भएको छ ।
सिन्धुली गड्तिर भेगका च्याकुटारबेँशी, बलेनी, खुर्कोट, मुलकोट, खाल्टे, कुशेश्वरमा रहेका खेलमैदान बाढीबाट पूर्ण क्षति भएको अवस्था रहेको सिन्धुलीको सुनकोशी गाँउपालिकाका अध्यक्ष दीपा बोहरा बताउनुहुन्छ ।
रामेछाप, दोलखा, सिन्धुपलाञ्चोक, काभ्रेपलाञ्चोक, मकवानपुर, नुवाकोट, काठमाडौँ, ललितपुर, भक्तपुर, रसुवामा समेत कुनै न कुनै रुपमा खेल पूर्वाधारमा बाढीले असर पु¥याएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- एकैदिन तोलामा ५ हजार बढ्यो सुन
- राष्ट्र बैंकको गभर्नरमा डा. विश्वनाथ पौडेल नियुक्त
- भीमफेदीमा गाडी दुर्घटना हुँदा १४ घाइते, तीन जना गम्भीर
- आज ४ बजे गभर्नर सिफारिस समितिको बैठक बस्दै, ५ बजे मन्त्रिपरिषद बैठक
- ‘प्रधानमन्त्रीलाई हेलिकप्टरमा भाग्न छुट दिन्छौं’
- प्रतिनिधि सभाबाट दशरथ चन्द विश्वविद्यालय विधेयक पारित
- रवि लामिछानेको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुँदै
- यूएईलाई हराउँदै नेपाल महिला विश्वकप छनोटको ग्लोबल क्वालिफायरमा
- दुईवटा विषय थाती राखेर उपसमितिले बुझायो विद्यालय शिक्षा विधेयकको प्रतिवेदन
- रसुवामा स्याउ बोकेको गाडीमा भेटियो ठूलो परिमाणमा सुन