
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले विपद् व्यवस्थापन, उपभोक्ता अधिकार र हवाई भाडादरलगायत विषयमा एकैपटक तीनवटै तहका सरकारको ध्यानाकर्षण गराएको छ ।
रास्वपाको उद्योग तथा वाणिज्य विभाग प्रमुख गणेश पराजुलीको नेतृत्वमा सङ्घीय सरकारका गृह, भौतिक पूर्वाधार तथा यातायात, उद्योग वाणिज्य तथा आपूर्ति, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, सातै प्रदेशका मुख्यमन्त्री र सबै स्थानीय सरकारलाई ध्यानाकर्षण पत्र बुझाइएको हो ।
ध्यानाकर्षण पत्रमा बाढी, पहिरो र डुबानका कारण ज्यान गुमाउनेको परिवारलाई राहत, बेपत्ताको खोजी, घाइतेको उपचारको उचित प्रबन्ध मिलाउन तीनै तहका सरकारसँग आग्रह गरिएको छ ।
घरबारविहीनलाई सहज अस्थायी बसोबास र खानपिनको व्यवस्था, अवरुद्ध सडक सकेसम्म छिटो सञ्चालन वा वैकल्पिक सडकको व्यवस्थापनलगायत विषयमा तीनै तहका सरकारको ध्यानाकर्षण गराइएको रास्वपा नेता पराजुलीले जानकारी दिनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति