
काठमाडौँ । संसदीय सुनुवाइ समितिमा प्रस्तावित प्रधानन्यायाधीशमा सिफारिस हुनुभएका सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश प्रकाशमान सिंह राउतको सुनुवाइ प्रारम्भ भएको छ । सिंहदबारस्थित समितिको कार्यालय प्रस्तावित प्रधानन्यायाधीशमा राउतको सुनुवाइ प्रारम्भ भएको हो ।
संवैधानिक परिषद्को गत भदौ ३१ गत बसेको बैठकले प्रधानन्यायाधीशमा राउतलाई सिफारिस गर्ने निर्णय गरेको थियो । सर्वोच्च अदालतका वर्तमान प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको यही असोज १९ गते पदावधि सकिँदैछ ।
न्याय परिषद्ले रिक्त प्रधानन्यायाधीश पदमा वरिष्ठतम न्यायाधीशमध्येबाट नाम सिफारिस गरेर संवैधानिक परिषद्मा पठाएको थियो । प्रधानन्यायाधीश राउतलाई सङ्घीय संसद्को संसदीय सुनुवाइ समितिमा सुनुवाइ भएर अनुमोदन गरेपछि राष्ट्रपति नियुक्ति गर्ने संवैधानिक व्यवस्था रहेको छ ।
प्रस्तावित प्रधानन्यायाधीशविरूद्ध समितिमा ६ वटा उजुरी परेका छन्। समितिले राउतविरूद्ध १० दिनको समय दिएर उजुरी आह्वान गरेको थियो। समितिमा प्राप्त उजुरीमा राउतसँग कार्यक्षमता अभाव भएको र प्रमाण मूल्यांकन गर्ने क्षमता नै नभएको आरोप लगाइएका छन् ।
बाजुराका गगन ऐडीले न्यायाधीश राउतले पक्षपातपूर्ण व्यवहार गरेको भन्दै उजुरी दिनुभएको थियो । उहाँको उजुरीमा छोरा चेतनदास ऐडीको हत्यामा संलग्न भएकाहरूलाई साधारण तारेखमा छाडिएको उल्लेख गर्नुभएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति