
जनकपुरधाम । मधेस प्रदेश सरकारका गृह, सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखीले विपद् व्यवस्थापनसम्बन्धी ऐन तथा कानुनको अभावमा मधेस प्रदेशका बाढीपीडितलाई आर्थिक तथा भौतिक लगायत अन्य राहत सामग्री सहज रुपमा उपलब्ध गराउन नसकेको बताउनुभएको छ ।
गृह, सञ्चार तथा कानुन मन्त्रालयद्वारा आज जनकपुरधाममा आयोजित सुरक्षा तथा विपद्सम्बन्धी अन्तरक्रिया कार्यक्रममा मधेस प्रदेशका आठ जिल्लामा जनधनको क्षति भएपनि प्रदेश सरकारको स्पष्ट निकाय नहुँदा क्षति विवरण सङ्कलन तथा पीडितलाई सहयोग गर्न नसकेको उहाँले बताउनुभयो ।
राहत सामग्री जिल्ला प्रशासनमार्फत मात्र वितरण हुनुपर्ने एकद्वार प्रणाली रहेकाले मधेस प्रदेश सरकार समस्यामा परेको उहाँको भनाइ छ । जिल्ला प्रशासन कार्यालयबाट राहत सामग्री वितरणमा व्यापक ढिलाइ हुने तथा प्रक्रिया पु(याउनुपर्ने समस्या रहेको उहाँको गुनासो छ । मधेस प्रदेशको विपद् व्यवस्थापन कोषमा १२ करोड रुपैयाँ भएपनि आफैँले खर्च गर्ने नसक्ने विडम्वना मन्त्री लेखीले सुनाउनुभयो ।
त्यही कार्यक्रममा मधेस प्रदेशका उद्योग, वाणिज्य तथा पर्यटनमन्त्री सकिलमियाँ अन्सारीले हालै आएको बाढीले व्यापक क्षति पु-याएकाले बाटोघाटोमा सुधार, पुलहरुको मर्मत तथा निमार्ण गरी सहज वातावरण बनाउनका साथै जनतालाई राहत सामग्री वितरणमा ढिलाइ गर्न नहुनेमा जोड दिनुभयो ।
जिल्ला प्रशासन कार्यालय तथा जिल्ला प्रहरी कार्यालय सङ्घीय सरकारअन्तर्गत रहेकाले तिनीहरुमार्फत सुरक्षा र राहत सामग्रीलगायतका सामग्री वितरण गर्नुपर्ने प्रावधानले प्रदेश सरकारले बाढीपीडितलाई सहयोग गर्न असमर्थ रहेको मधेस प्रदेशका मुख्य न्यायाधिवक्ता सुरेन्द्रप्रसाद महतोको भनाइ छ ।
‘वर्तमान संविधानमा जिल्ला प्रशासन कार्यालयको परिकल्पना छैन । अहिलेसम्म मधेस प्रदेश सरकारले प्रहरी ऐन ल्याउन नसकेको अवस्थामा प्रमुख जिल्ला अधिकारी र नेपाल प्रहरीको सञ्चालन तथा खटनपटन गर्न सक्ने अवस्था छैन’ उहाँले भन्नुभयो– ‘अहिले हामी सङ्घीयतालाई कार्यावन्यन तथा व्यवस्थित गर्ने प्रयासमा छौँ ।’
अन्तरक्रियामा मधेस प्रदेशका सांसदहरु रामसरोज यादव, सञ्जय यादव, मनोजकुमार सिंंह, सारदा पहाडी, रामआशिष यादव, राजेन्द्र यादव, जीवछी यादव र उपेन्द्र महतो तथा पूर्वमन्त्री शारदा थापा लगायत वक्ताले प्रहरी ऐन चाँडो ल्याउनुपर्ने तथा अविलम्ब बाढीपीडितलाई राहत सामग्री उपलब्ध गराउनुपर्ने माग गर्नुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- एकैदिन तोलामा ५ हजार बढ्यो सुन
- राष्ट्र बैंकको गभर्नरमा डा. विश्वनाथ पौडेल नियुक्त
- भीमफेदीमा गाडी दुर्घटना हुँदा १४ घाइते, तीन जना गम्भीर
- आज ४ बजे गभर्नर सिफारिस समितिको बैठक बस्दै, ५ बजे मन्त्रिपरिषद बैठक
- ‘प्रधानमन्त्रीलाई हेलिकप्टरमा भाग्न छुट दिन्छौं’
- प्रतिनिधि सभाबाट दशरथ चन्द विश्वविद्यालय विधेयक पारित
- रवि लामिछानेको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुँदै
- यूएईलाई हराउँदै नेपाल महिला विश्वकप छनोटको ग्लोबल क्वालिफायरमा
- दुईवटा विषय थाती राखेर उपसमितिले बुझायो विद्यालय शिक्षा विधेयकको प्रतिवेदन
- रसुवामा स्याउ बोकेको गाडीमा भेटियो ठूलो परिमाणमा सुन