
काठमाडौँ । आम जनता पार्टीका अध्यक्ष प्रभु साहले केही दिनअघि परेको अविरल वर्षापछि आएको बाढीपहिरोबाट पीडित जनतालाई राहत प्रदान गर्ने कार्यमा राज्यका सरोकार भएका निकायलाई सक्रिय बनाउन सरकारसँग आग्रह गर्नुभएको छ ।
बाढीपहिरोको चपेटामा परेका जनतालाई सङ्कटका बेलामा तीन तहका सरकार सहारा बन्नुपर्ने भन्दै अध्यक्ष साहले विपद्को समयमा मेरो पछाडि राज्य छ भन्ने नागरिकलाई अनुभूति दिलाउन सक्नुपर्ने आवश्यकता औँल्याउनुभयो । उहाँले आ–आफ्नो तर्फबाट पीडित जनतालाई सहयोग उपलब्ध गराउन सबैसँग आग्रह समेत गर्नुभयो ।
बाढीपहिरोबाट जनधनका साथै लाखौँ जनताका अर्बौँ मूल्य बराबरको भौतिक क्षति भएको उल्लेख गर्दैै सांसदसमेत रहनुभएका अध्यक्ष साहले बेसहारा बनेका जनतालाई मल्हमपट्टी लगाउने कार्यमा राज्य गम्भीर र सक्रिय बन्न आवश्यक रहेको धारणा राख्नुभयो । उहाँले बाढीपहिरो पीडितलाई एक महिना बराबरको आफ्नो पारिश्रमिक उपलब्ध गराउने जानकारी दिनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति