
काठमाडौँ । सञ्चार तथा सामाजिक विकाससम्बन्धी चारदिने सङ्गोष्ठी बुधबारदेखि धुलिखेलमा हुने भएको छ ।
सङ्गोष्ठीको उद्घाटन सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङ र नेपालका लागि चीनका राजदूत छन् सङले गर्ने कार्यक्रम रहेको आयोजक पान हिमालय कम्युनिकेसन रिसर्च सेन्टरले जनाएको छ ।
सङ्गोष्ठीमा नेपाल र चीनसहित हिमाल राष्ट्रका विज्ञहरुले कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम गर्नेछन् । सेन्टरका निर्देशक प्राध्यापक हान होङका अनुसार सङ्गोष्ठीमा हिमालय क्षेत्रको सञ्चार विकास साझेदारी सामाजिक विकास अन्तर्राष्ट्रिय सम्बन्धका विषयमा कार्यपत्र प्रस्तुत हुनेछन् ।
गोष्ठीमा युनिभर्सिटी अफ टेक्ससका प्राध्यापक अरविन्द सिङ्घाल, छिङ्ह्वा विश्वविद्यालयका प्राध्यापक लि सिङ्गवाङ, काठमाडौँ विश्वविद्यालयका प्राध्यापक निर्मलमणि अधिकारी, जहवारलाल नेहरु विश्वविद्यालयका प्राध्यापक मनुकोन्ड रवीन्द्रनाथ, दिल्ली विश्वविद्यालयका प्राध्यापक सरिता आनन्दलगायतले कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम छ ।
गोष्ठीमा ५० बढी अनुसन्धानकर्ताले सञ्चार तथा सामाजिक विकासका विभिन्न विषयमा गरेका अनुसन्धानका सार प्रस्तुत गर्ने कार्यक्रम छभने हिमालय क्षेत्रमा केन्द्रित भएर तयार पारिएका वृत्तचित्र तथा पुस्तक पनि प्रदर्शनी गरिनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति