+

‘प्रधानमन्त्रीको अमेरिका भ्रमण उपलब्धिमूलक’

काठमाडौँ ।  नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको अमेरिका भ्रमण उपलब्धिमूलक भएको निष्कर्ष निकालेको महासचिव शङ्कर पोखरेलले बताउनुभएको छ ।  

‘सम्माननीय प्रधानमन्त्रीले अमेरिकामा रहँदा गर्नुभएका मित्रराष्ट्रका राष्ट्र तथा सरकार प्रमुखसँगका अनौपचारिक र औपचारिक भेटले देशको छविलाई अन्तर्राष्ट्रिय जगतमा उजिल्याउन मद्दत पुगेको छ’ उहाँले भन्नुभयो । 

बैठकल प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमो ५० लाख रुपैयाँ दाखिला गर्ने निर्णय गरेको तथा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यबाट कोषमा योगदान गर्न अनुरोध गर्ने निर्णय भएको  जानकारी उहाँले दिनुभयो । 

बैठकले राहत र उद्धारका काम युद्धस्तरमा गर्ने निर्णय गर्नका साथै राजधानी काठमाडौँ जोड्ने सडक मर्मतसम्भारलाई पहिलो प्राथमिकतामा राखेर तदनुरुप गर्ने निर्णय गरेको महासचिव पोखरेलले बताउनुभयो । 

हालैको बाढीबाट बालीनालीमा भएको क्षतिको विवरण सङ्कलन गर्ने निर्णय पनि बैठकले गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै