
काठमाडौँ । कृषि तथा पशुपक्षी विकासमन्त्री रामनाथ अधिकारीले जलवायु परिवर्तनका कारण देशको कृषि क्षेत्रमा प्रभावित भएको बताउनुभएको छ ।
साथै उहाँले जलवायु परिवर्तनका असर घटाउन प्रविधि हस्तान्तरणमा जोड दिनुभएको छ । अन्तरराष्ट्रिय पर्वतीय विकास केन्द्र (इसिमोड)ले आज यहाँ आयोजना गरेको अन्तरराष्ट्रिय सम्मेलनको आज उद्घाटन गर्दै मन्त्री अधिकारीले जलवायु परिवर्तनको सामनामा पर्वतीय खाद्य प्रणालीको दिगोपनलाई सम्बोधन गर्न सबै एकै ठाउँमा उभिनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
देशको पहाडी पारस्थितिक प्रणालीको समृद्ध विविधताले लाखौँको जीविकोपार्जनलाई सहयोग पु¥याएको चर्चा गर्दै मन्त्री अधिकारीले साना तथा सीमान्त किसानले राष्ट्रिय खाद्य सुरक्षाको लागि महत्वपूर्ण योगदान गरेको बताउनुभयो । नेपालका विविध कृषि–जलवायु क्षेत्र, समृद्ध पारिस्थितिक क्षेत्र र कृषि जैविक विविधताले खाद्य र पोषण सुरक्षा, कृषि उत्पादकत्व वृद्धि र ग्रामीण जीवनस्तरमा सुधार ल्याउन अपार सम्भावना प्रदान गरे पनि दबाबपूर्ण चुनौतीको सामना गर्नुपरिरहेको मन्त्री अधिकारीले उल्लेख गर्नुभयो ।
जलवायु परिवर्तनबाट परेको प्रभावको सामना गर्न सरकारले प्रकृतिमैत्री,सरल, दिगो समाधानका उपाय अपनाउन सङ्कल्प गरेको भन्दै मन्त्री अधिकारीले कृषि प्रणालीमा प्रारम्भिक चेतावनी प्रणालीको विकास गरी कार्यान्वयन गर्न मन्त्रालय सक्रियतापूर्वक लागेको जानकारी दिनुभयो ।
जलवायु परिवर्तनका असर घटाउन प्रविधि विकास तथा हस्तान्तरण गर्न उहाँले जोड दिनुभएको इसिमोडले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति