
काठमाडौँ । नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीको सम्मेलनमा कुटाकुट भएको छ । काठमाडौंको कीर्तिपुरमा जारी २३ औँ सम्मेलनमा उमेर हदको विषयलाई प्रतिनिधिहरुबीच कुटाकुट भएको हो ।
हिजो बसेको माओवादी पदाधिकारी बैठकले उमेर हदमाथि मतदान गराउने तर नेतृत्व चयनमा हस्तक्षेप नगर्ने निर्णय गरेको थियो । तर, कार्यकर्ताले आज सम्मेलनस्थलमा हुलदंगा मच्चाएका छन् ।स्थिति नियन्त्रण गर्न प्रहरीले सामान्य बल प्रयोग समेत गरेको छ ।
सम्मेलनमा सहभागी विद्यार्थीहरुले उमेर हदको विषयमा पक्ष विपक्षमा नाराबाजी गरेपछि कुटाकुटको स्थिति आएको हो । सम्मेलनमा विद्यार्थीहरु कुटाकुट गरेको भिडियो नै सार्वजनिक भएको छ ।
अध्यक्षका आकांक्षी केशव रावलले पार्टी गुटले विद्यार्थीमा गुटको उम्मेदवार टुङ्गो लाउन नसक्दा कीर्तिपुरमा असर देखिएको टिप्पणी गरेका छन् । उनले फेसबुकमा लेखेका छन्,– ‘पार्टी गुटहरूले विद्यार्थीमा गुटको उम्मेदवार टुङ्गो लाउन नसक्दा देखिएको असर हो कीर्तिपुर झुर फेरि पनि भन्छु गुटबन्दी अन्त्य गर्नुपर्छ ।’
हिजो पनि सम्मेलनस्थलमा सहभागी प्रतिनिधिसँग २ हजार प्रवेश शुल्क तोकेपछि बन्द सत्र हलमा आन्दोलन भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति