
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय पत्रकारिता तथा आमसञ्चार क्षेत्रसम्बद्ध अधिकारी तथा प्राध्यापकहरूले पत्रकारका लागि सूचना प्रविधिसहित सैद्धान्तिक र प्रयोगात्मक ज्ञान आवश्यक भएको बताउनु भएको छ । पत्रकारितालाई अझ विश्वसनीय, भरपर्दो र गुणस्तरीय बनाउन सम्बन्धित क्षेत्रको ज्ञान र सीप आवश्यक रहेको प्राध्यापकहरूको भनाई छ ।
त्रिभुवन विश्वविद्यालय पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागले वडादशैँ, दीपावली, नेपाल संवत् र छठ पर्वका अवसरमा आज यहाँ आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उहाँहरूले बदलिँदो परिवेशमा सक्षम एवं कुशल पत्रकार बन्नका लागि आधुनिक सूचना प्रविधिसहित पत्रकारितासम्बन्धी सैद्धान्तिक, प्रयोगात्मक र व्यावहारिक ज्ञान हुन आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो ।
त्यस अवसरमा त्रिभूवन विश्वविद्यालय मानविकी तथा सामाजिकशास्त्र विभागका कामु डिन दुबिनन्द ढकालले सूचना प्रविधिको विकाससँगै सत्यतथ्य र आधिकारिक समाचारमार्फत समाजलाई सुसूचित गर्ने आमसञ्चार माध्यमलाई सही ढङ्गबाट अघि बढाउने जिम्मेवारी विशेषगरी पत्रकारिता विषयका विद्यार्थी तथा अध्यापकको रहेको बताउनुभयो ।
त्रिवि पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागका प्रमुख डा कुन्दन अर्यालले पछिल्लो समयमा पत्रकारिता क्षेत्रमाथि अनेकौँ चुनौती सिर्जना भएको उल्लेख गर्दै सैद्धान्तिक र व्यवहारिक ज्ञानसहित खारिएको कुशल पत्रकार उत्पादनका लागि समाचार सङ्कलन, सम्पादन तथा सम्प्रेषण कक्ष र शिक्षण सिकाइ कक्षलाई जोड्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा विभागमा अध्ययनरत चौथो सेमेस्टरका विद्यार्थीको विदाइसमेत गरिएको थियो । त्रिविले २०५८ सालदेखि पत्रकारिता तथा आमसञ्चार विषयमा स्नातकोत्तर, २०६७ सालदेखि विद्यावारिधि र २०७४ सालदेखि दर्शनाचार्य तथा विद्यावारिधि तहको अध्यापन गर्दै आएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति