
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले बाढीपहिरो पीडितका लागि केन्द्रीय राहत कोष स्थापना गरेको छ ।
पार्टीको ग्लोबल आइएमई बैङ्क कोटेश्वर शाखामा रहेको ३६०१०१०००००४५ नम्बरको खातामा रकम जम्मा गर्न सकिने गरी केन्द्रीय राहत कोष स्थापना गरिएको माओवादीले जनाएको छ ।
पदाधिकारी बैठकको निर्णयअनुसार राहतकोष स्थापना गरेर माओवादी केन्द्रले माताहतका कमिटीलाई राहत जम्मा गर्न परिपत्र पनि गरिसकेको छ । केन्द्रीय राहतकोषमा सङ्घीय संसद्का सदस्य र प्रदेशसभा सदस्यहरुले दश/दश दिनको पारिश्रमिक जम्मा गर्ने छन् । स्थानीय तहका जनप्रतिनिधिलाई स्वैच्छिक सहयोग गर्न माओवादी केन्द्रले परिपत्रसमेत गरेको छ ।
पार्टीका प्रदेश समितिले पनि राहत रकम सङ्कलन गरी केन्द्रीय राहतकोषमा रकम जम्मा गर्ने व्यवस्था मिलाइएको माओवादी केन्द्रको कार्यलय सचिव डोरप्रसाद उपाध्यायले जानकारी दिनुभयो ।
केन्द्रीय कार्यालयमा पार्टीको विपद् व्यवस्थापन विभागले ‘हेल्प डेस्क’ स्थापना गरेर दैनिक विपतको स्थिति अद्यावधिक गर्ने व्यवस्था माओवादीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति