
काठमाडौँ । निर्देशक यादवकुमार भट्टराईको निर्देशनमा बनेको चलचित्र ‘झिल्को’को फस्ट लुक सार्वजनिक गरिएको छ । चलचित्र आगामी पुस ५ गतेदेखि सार्वजानिक प्रदर्शनमा आउने भएको छ ।
चलचित्रको पहिलो पोस्टर सार्वजनिक गर्दै निर्देशक भट्टराईले सामाजिक विषयवस्तुमा तयार गरिएको उक्त चलचित्रलाई दर्शकले साथ दिने विश्वास व्यक्त गर्नुभयो । पोस्टरमा सुनिल पोखरेल, वर्षा सिवाकोटी, भोलाराज सापकोटा, विशाल पोखरेल र आयुषी ढकाल देखिएका छन् ।
मोबाइल दुव्र्यसनका कारण बालबालिकामा देखिने समस्या तथा त्यसले परिवार र समाजलाई पार्ने प्रभावबारे विषयमा चलचित्र निर्माण गरिएको हो । चलचित्र ‘झिल्को’का कार्यकारी निर्माता उमेश पौडेल, निर्माता सुशिला आचार्य र निर्माण सहायक रामगोपाल थापा रहेका छन् । ‘आजको दिनमा सबैभन्दा ठूलो कुलत मोबाइल ग्याजेट हुन्, जसको कुलतमा फसेर एउटा परिवारले कति सङ्घर्ष गर्नुपर्छ भन्ने सन्देश चलचित्रमा दिने प्रयास गरेका छौँ’ निर्देशक भट्टराईले भन्नुभयो ।
भक्तपुर, काठमाडौँ र ललितपुरका विभिन्न स्थानमा छायाङ्कन गरिएको चलचित्र झिल्कोमा सामाजिक पारिवारिक विषयवस्तुको कथा रहेको निर्माण टोलीले जानकारी दिएको छ । ‘झिल्को आजको कथा हो । आजको समाज डिजिटल समाजका रुपमा निर्माण भइसकेको छ । डिजिटल युगमा प्रवेश गरिरहेका बाँचिरहेका हामीहरूले के विवेकपूर्ण व्यवहार गरेका छौँ ? ग्याजेटहरूलाई प्रयोग गरिरहँदा हाम्रो अवस्था के छ ? आज बालबालिकादेखि युवापुस्ता र ज्येष्ठ नागरिकसम्म सबैलाई गम्भीर रूपमा गाँजेको र ठूलो समस्या बन्दै गएको दुव्र्यसनी डिजिटल दुव्र्यसनी हो । यही संवेदनशील विषय झिल्कोको कथा हो’ निर्देशक भट्टराईले भन्नुभयो ।
चलचित्र झिल्कोको छायाङ्कन गत वर्ष चैतदेखि थालिएको थियो । यसअघि सती प्रथाको कथामा चलचित्र ‘झोला’ निर्माण गरेका भट्टराईले झोलापछि दाइजोविरोधी चलचित्र ‘भोर’ निर्माण गर्नुभएको थियो । झिल्कोको पटकथा तथा संवाद निर्देशक भट्टराईसहित अरुणदेव जोशी र देवव्रतले तयार पार्नुभएको हो ।
चलचित्रमा दीपक बज्राचार्यको छायाङ्कन, सम्पादन निमेश श्रेष्ठ, गीत आनन्द अधिकारी, सङ्गीत चण्डीप्रसाद काफ्ले र दिपक शर्मा, गायन शिव परियार र निशा देशार, मुख्य सहायक निर्देशन आकाश उखेडा, निर्माण नियन्त्रक दिलिप पन्त, सहायक निर्देशन अनिश बुढाथोकी, सह सम्पादन नारायण गैरे, मुख्य सहायक छायाङ्कन विवेक लामाको रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति