
काठमाडौँ । आगमी माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनअन्तर्गत शुक्रबार उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुँदैछ।
राष्ट्रियसभामा रिक्त हुन लागेका १९ पदका लागि आठ राजनीतिक दलका ५२ उम्मेदवारले मनोनयन दर्ता गराएका छन्। ती उम्मेदवारले शुक्रबार नै नाम फिर्ता लिन सक्ने निर्वाचन आयोगले जनाएको छ।
अन्तिम नामावली प्रकाशन गरी उम्मेदवारलाई शनिबार निर्वाचन चिह्न प्रदान गर्ने आयोगको कार्यसूची छ।
मतदान माघ ११ गते बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म हुनेछ। प्रदेश सभाका सदस्य र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिका प्रमुख र उपप्रमुख मतदाता रहनेछन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति