
काठमाडौँ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले बाढीपहिरोका कारण अवरुद्ध यातायात जति सक्दो चाँडो सहज बनाउन निर्देशन दिनुभएको छ । सम्बद्ध निकायहरूबीच समन्वय गरी सडक तथा यातायात क्षेत्र सहज बनाउन उहाँले निर्देशन दिनुभएको हो ।
अविरल वर्षापछि आएको बाढी र पहिरोका कारण विभिन्न राजमार्गमा क्षति पुर्याउनका साथै कतिपय पुलसमेत बगाएपछि उत्पन्न परिस्थितिलाई ध्यान दिई सडक मर्मत तथा व्यवस्थापनमा जुट्न उहाँको निर्देशन छ । मौसमी प्रतिकूलताका कारण उत्पन्न भएको परिस्थितिमा सबै पक्षले सहकार्य र समन्वय गरी सहज स्थिति निर्माणमा जुट्नुपर्ने पनि उहाँले बताउनुभयो ।
यस्तै, मन्त्रालयका सचिव केशवकुमार शर्माले देशैभरि बाढी तथा पहिरोले क्षति गरेका स्थानको सडक यातायात सहज बनाउन सडक विभागमार्फत उपकरण तथा जनशक्ति परिचालन गरिएको जानकारी दिनुभयो । पहिरो पन्छाई सडक सञ्चालन गर्न सकिने स्थानमा तुरुन्तै आवागमन सहज बनाउन मन्त्रालय तथा विभाग परिचालित भएको उहाँले जानकारी दिनुभयो ।
यसैबीच, अविरल वर्षा र बाढीका कारण २३ राजमार्गका ६४ स्थानमा सडक अवरुद्ध भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता सुशीलबाबु ढकालले विज्ञप्ति जारी गर्दै राजमार्गका ती खण्डमा पहिरो जानाका साथै अवरुद्ध भएका विभिन्न खण्डमा सडक खुलाउने प्रयास जारी रहेको बताउनुभयो । मुग्लिन पोखरा सडक तथा मलेखु मुग्लिन नारायणघाट सडकका पहिरो पन्छाई सडक सञ्चालन अवस्थामा राखिएको विज्ञप्तिमा उल्लेख छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति