
सुनसरी । धरानमा पहिलो पटक राष्ट्रिय खुल्ला ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ ।
धरान ब्याडमिन्टन क्लबले आज पत्रकार सम्मेलन गरी असोजको १७ गते देखि १९ गते तीन दिनसम्म ब्याडमिन्टन प्रतियोगिता हुने जानकारी दिएको हो । आयोजक समितिका संयोजक टङ्कबहादुर लिम्बूका अनुसार प्रतियोगितामा ७७ वटै जिल्लाका २ सय टिमका ६ सय खेलाडी सहभागी हुनेछन् । सुरक्षा निकायका तीन वटा विभागीय टोली समेत सहभागी हुने उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो– ‘खेलको माध्यमबाट आपसी भाइचारा, सद्भाव वृद्धि, साथै धरानको खेल र पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले प्रतियोगिता गर्न लागिएको हो ।’ यस्ता प्रतियोगिता हुन नसक्दा युवा प्रतिभा पलायन भई सक्षम खेलाडी उत्पादनमा कमी आएको उहाँको भनाइ छ । प्रतियोगितामा खुल्ला पुरुष डबलतर्फका विजयी जोडीलाई एक लाख १५ हजार रुपैयाँ, उप विजेताले ५५ हजार र तेस्रो हुने जोडीले ३० हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् ।
खुल्ला ‘भेट्रान्स’ ४५ ‘प्लस’, ‘सुपर’ भेट्रान्स ५५ प्लस र ‘लेडिज डबल्स’, ‘मिक्स डबल्स’का विजेताले ६५ हजार, उपविजेताले ३३ हजार र तेस्रो हुनेले ११–११ हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र प्राप्त गर्ने संयोजक लिम्बूले बताउनुभयो ।
प्रतियोगितामा राष्ट्रिय ‘रेफ्री’ तथा प्रशिक्षक केदार धिमाल प्रमुख निर्णायक रहने बताइएको छ । टिम दर्ता शुल्क खुल्ला मेन्स डबल, भेट्रान ४५ प्लस, सुपर भेट्रान ५५ प्लसका प्रतियोगीका लागि ३ हजार, मिक्स डबलका लागि दुई हजार ५ सय र खुल्ला लेडिज डबलका प्रतियोगीका लागि २ हजार रुपैयाँ निर्धारण गरिएको धरान ब्याडमिन्टन सङ्घले जनाएको छ ।
प्रतियोगिता धरान उपमहानगरपालिका–१३ अमर सेवा समाजको कभर्ड हलमा हुने आयोजकले जनाएको छ । प्रतियोगिता सञ्चालनमा २२ लाख रुपैयाँ भन्दा बढी खर्च हुने अनुमान आयोजकको छ ।
प्रतियोगितामा कोशी प्रदेश खेलकुद परिषदले ८ लाख, धरान उपमहानगरपालिकाले १ लाख ५० हजार रुपैयाँ, विभिन्न वित्तीय सङ्घसंस्था र प्रायोजकबाट रकम सङ्कलन गरिएको आयोजकले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति