
काठमाडौँ। सर्वोच्च अदालतको न्यायाधीशमा नृपध्वज निरौला र नित्यानन्द पाण्डेय प्रस्तावित हुनुभएको छ ।
न्यायपरिषदको शुक्रबारको बैठकले पाटनका मुख्य न्यायाधीश निरौला र उच्च अदालत तुलसीपुरका न्यायाधीश पाण्डेयलाई सर्वोच्चको लागि सिफारिस गरेको हो । निरौला र पाण्डेय अब संसदीय सुनुवाई समितिबाट अनुमोदित भए सर्वोच्चको न्यायधीश बन्नु हुनेछ । सर्वोच्चको न्यायधीश बने निरौला छोटो समयका लागि प्रधानन्यायाधीश समेत बन्नु हुनेछ।
सर्वोच्चका अहिले रहेका न्यायधीशहरुको रोलक्रम अनुसार २०९३ पुस ६ गते टेकप्रसाद ढुंगाना प्रधानन्यायाधीशबाट अवकाश भए निरौला पुगनपुग २ महिना प्रधानन्यायाधीश बन्नु हुनेछ । निरौला सर्वोच्च अदालतका तेस्रा मुख्यरजिष्ट्रार हुनुहुन्छ । उहाँ मुख्यरजिष्ट्रारबाटै उच्च अदालतको मुख्यन्यायाधीशमा नियुक्त हुनु भएको हो ।
सर्वोच्चको न्यायधीशमा सिफारिस हुनुभएका पाण्डेय गएको मंसिरमा उच्च अदालतको मुख्य न्यायाधीश बन्नुभएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति