
मोरङ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले विकासलाई गति दिन संविधान संशोधन आवश्यक रहेको बताउनुभएको छ ।
विराटनगरमा आज आयोजित पत्रकार सम्मेलनमा उहाँले मुलुकको विकास निर्माण द्रुत गतिले अगाडि बढाउनका लागि निर्वाचन प्रणालीका बाधा अड्चन हटाउन संविधान संशोधन गर्न लागिएको प्रष्ट पार्नुभयो ।
उहाँले निर्वाचन प्रणाली सुधार गर्ने सन्दर्भमा महिला, विभिन्न जातजातिको प्रतिनिधित्व स्थानीय रुपमा निर्वाचित गरेर ल्याउने, समानुपातिक व्यवस्था व्यवस्थित गर्ने सम्बन्धमा दलहरुबीच छलफल भइरहेको जानकारी दिनुभयो ।
मन्त्री दाहालले संविधान संशोधनबाट जनताले पाइरहेको अधिकार कुनै हालतमा नखोसिने दाबी गर्नुभयो । उहाँले भन्नुभयो– ‘संविधान संशोधनमा जनताले थप अधिकारहरु प्राप्त गर्नेछन् ।’
उहाँले देशव्यापी रुपमा सङ्घीय मन्त्रालयअन्तर्गतका चार हजार पाँच सय किमी सडकका खाडल पुर्ने काम शुरु गरेको तर मौसमले समस्या भएको बताउनुभयो । मन्त्री दाहालले आज विराटनगरस्थित रेल्वे, हुलाकी सडक, पुलको अवलोकन गर्ने कार्यक्रम रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति