
दाङ। लुम्बिनी प्रदेश सरकारले विश्व पर्यटन दिवस दाङमा मनाउने भएको छ ।
प्रदेश सरकार, उद्योग पर्यटन तथा यातायात मन्त्रालय पर्यटन विकास परिषद् र घोराही उपमहानगरपालिकाको संयुक्त आयोजनामा असोज ११ गते ४५औँ विश्व पर्यटन दिवसलाई महोत्सवकै रुपमा मनाइन लागिएको हो ।
दाङको घोराहीमा प्रदेशस्तरको कार्यक्रमको आयोजना गरी महोत्सवकै रुपमा दिवसलाई मनाउन लागिएको हो । पर्यटन दिवसका अवसरमा असोज ११ गते जिल्ला समन्वय समिति घोराहीको खुल्ला मञ्चमा भव्य कार्यक्रमको आयोजना गरी मनाइने जनाइएको छ ।
‘पर्यटन, न्याय र शान्ति’ भन्ने मूल नाराका साथ मनाइन लागेको दिवस सफल पार्न विभिन्न नौ उपसमिति गठन गरी तयारी गरिएको मूल समितिका संयोजक उपमहानगरपालिकाका कार्यवाहक प्रमुख हुमाकुमारी डिसीले जानकारी दिनुभयो । त्यस दिन हुने भव्य कार्यक्रमको उद्घाटन लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले गर्ने कार्यक्रम रहेको छ ।
प्रदेशका विभिन्न जिल्लाका पहिचान झल्किने लोक सांस्कृतिक झाँकी तथा नृत्य प्रस्तुत हुने उपप्रमुख डिसीले जानकारी दिनुभयो । कार्यक्रममा लुम्बिनी प्रदेशका १० प्रकारका जातीय लोकनृत्य तथा सङ्गीत प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । गन्दर्भ समुदायको सारङ्गी धून, थारू जातिको बड्का नाच, देउखुरीको थारू जातिको कठघोरी नाच, सखिया नाच, पाल्पाको कौडा नाच, मगरको भुम्या नाच र सरङ्गे (मयूर) नाच प्रदर्शन गर्ने कार्यक्रम रहेको छ । उत्कृट झाँकी र नृत्यहरुलाई पुरस्कृत गरिने आयोजकले जनाएको छ । महोत्सवमा लुम्बिनी प्रदेशका १२ वटै जिल्लाकै सहभागिता रहनेछ । आगन्तुक पर्यटकलाई जिल्लाका पर्यटकीय क्षेत्रमा घुमाउने व्यवस्था पनि गरिएको छ ।
विभिन्न झाँकीसहितको ¥यालीले घोराही बजार परिक्रमा गर्नेछ । कार्यक्रममा प्रदेशका उद्योग पर्यटन तथा यातायातमन्त्री प्रचण्डविक्रम न्यौपानको पनि उपस्थिति रहने आयोजक समितिले जनाएको छ । यहाँको पर्यटन विकास र प्रवद्र्धनमा टेवा पुर्याउने उद्देश्यले आयोजना गरिएको कार्यक्रम सफल पार्न तयारी अन्तिम चरणमा रहेको प्रचारप्रसार उपसमितिका संयोजक दुर्गालाल केसीले जानकारी दिनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- एकैदिन तोलामा ५ हजार बढ्यो सुन
- राष्ट्र बैंकको गभर्नरमा डा. विश्वनाथ पौडेल नियुक्त
- भीमफेदीमा गाडी दुर्घटना हुँदा १४ घाइते, तीन जना गम्भीर
- आज ४ बजे गभर्नर सिफारिस समितिको बैठक बस्दै, ५ बजे मन्त्रिपरिषद बैठक
- ‘प्रधानमन्त्रीलाई हेलिकप्टरमा भाग्न छुट दिन्छौं’
- प्रतिनिधि सभाबाट दशरथ चन्द विश्वविद्यालय विधेयक पारित
- रवि लामिछानेको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुँदै
- यूएईलाई हराउँदै नेपाल महिला विश्वकप छनोटको ग्लोबल क्वालिफायरमा
- दुईवटा विषय थाती राखेर उपसमितिले बुझायो विद्यालय शिक्षा विधेयकको प्रतिवेदन
- रसुवामा स्याउ बोकेको गाडीमा भेटियो ठूलो परिमाणमा सुन