
सिन्धुपाल्चोक । पाँचपोखरी थाङपाल –३ पाँचपोखरीमा प्रथम पाँचपोखरी महिला म्याराथन हुने भएको छ ।
आउने कात्तिक २ गते पाँचपोखरी थाङ्पाल गाउँपालिकाको पाँचपोखरी कुण्डबाट रैथानेसम्म २८ किलोमिटर लामो म्याराथन हुने आयोजक विश्व समावेश साहसी संस्थाकी सल्लाहकार माया गुरुङले बताउनुभयो ।
स्वदेशी तथा विदेशी महिलाको सहभागिमा हुने म्याराथनमा प्रथम हुनेले ५० हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र पाउनेछन् । दोस्रो, तेस्रो, चौँथो र पाँचा हुनेलेसमेत शिल्ड, मेडल र प्रमाणपत्रसहित क्रमशः २५ हजार, १५ हजार, १० हजार र पाँच हजार रुपैयाँ पुरस्कार पाउने गुरुङले बताउनुभयो ।
दौडमा सहभागिता जनाउन नेपाली महिलाले पाँच सय रुपैयाँ र विदेशी महिलाले पाँच डलर दर्ता शुल्क बुझाउनुपर्ने छ । म्याराथनसहित सोही समयमा ‘मास ट्रेकिङ’ पनि हुनेछ । ‘वर्षमा कम्तीमा एक पटक ट्रेकिङ जाउँ, पर्यटन प्रवद्र्धन गरौँ’ भन्ने नाराका साथ मास ट्रेकिङ आयोजना गरिएको हो ।
मास ट्रेकिङमा सहभागी हुनेले लागि भने नेपालीले १३ हजार पाँच सय रुपैयाँ र विदेशीले दुई सय डलर तिर्नुपर्नेछ । दशैँ तिहारको बिदामा घुम्न जान चाहनेहरुलाई लक्षित गरी ट्रेक आयोजना गरिएको गुरुङले बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति