
न्यूयोर्क । परराष्ट्रमन्त्री डा आरजु राणा देउवा र संयुक्त राष्ट्रसङ्घका शान्ति सेना परिचालनसम्बन्धी उपमहासचिव जँ पिए लाख्वाबीच भेटवार्ता भएको छ ।
भेटवार्तामा .परराष्ट्रमन्त्रीले लामो समयदेखि नेपालले शान्ति मिशन सहभागी भएर योगदान गरेको बताउँदै मिशनको उच्च ओहोदामा नेपाललाई अवसर दिनुपर्नेमा जोड दिनुभएको न्युयोर्कस्थित संयुक्त राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोगले जनाएको छ ।
नेपालले संयुक्त राष्ट्रसङ्घको आव्हानमा विश्वका विभिन्न द्वन्द्वग्रस्त मुलुकमा शान्ति स्थापनामा सैनिक परिचालनका हिसाबले सक्दो योगदान गरेकाले उच्च पदमा नेपाली सैन्य अधिकृत नियुक्त हुन वाञ्छनीय भएको परराष्ट्रमन्त्रीले बताउनुभयो ।
परराष्ट्रमन्त्रीले बुधवार नै राष्ट्रसङ्घीय उच्च प्रतिनिधि रवाव फतिमासँग भेटवाता गर्नुभयो । भेटवातामा दिगो विकासका लक्ष्य,जलवायु परिवर्तनसम्बन्धी कार्ययोजनालगायत साझा चासोका विषयमा छलफल भएको थियो । नेपालले अति कम विकसित देशहरुको विश्वव्यापी समन्वय समूहको अध्यक्षका नाताले अतिकम विकसित देशहरुको सामूहिक हितका खातिर एकताबद्ध भएर काम गर्नुपर्नेमा जोड दिनुभएको नियागले जनाएको छ ।
यसैबीच, परराष्ट्रमन्त्री देउवा र सर्बियाका विदेशमन्त्री मार्को डिजुरिकले दुई देशका कूटनीतिक तथा सरकारी राहदानी वाहकहरुलाई प्रवेशाज्ञा आवश्यक नपर्नेसम्बन्धी सम्झौतामा हस्ताक्षर गर्नुभएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति