
कास्की । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन बद्रीप्रसाद पाण्डेले निजी क्षेत्रसँगको सहकार्यले मात्र मुलुक समृद्ध बन्ने बताउनुभएको छ ।
पोखरा उद्योग वाणिज्य सङ्घद्वारा आज पोखरामा आयोजित बधाई ज्ञापन तथा स्वागत कार्यक्रममा मन्त्री पाण्डेले पूँजीको विकास गर्न सके देशमा रोजगारी सिर्जना हुने बताउनुभयो । ‘सरकारले उद्योगी व्यवसायीलाई सुरक्षित रुपमा लगानी गर्ने वातावरण सिर्जना गर्ने हो, व्यवसायीले जति धेरै लगानी गर्छ त्यति नै नेपाल छिटो समृद्ध बन्छ’ उहाँले भन्नुभयो ।
व्यवसायीलाई उद्योगतर्फ आकर्षित गर्न सरकारले विभिन्न किसिमका अनुदानका कार्यक्रम ल्याउनुपर्ने उल्लेख गर्दै मन्त्री पाण्डेले उद्योग व्यवसाय फस्टाएका देशहरुले आर्थिक प्रगति गरेको उदाहरण दिँदै नेपालमा पनि स्वदेशी तथा विदेशी लगानी भित्र््याउन सके समृद्धि हासिल गर्न धेरै वर्ष कुर्नु नपर्ने बताउनुभयो । देशको अर्थतन्त्रलाई चलायमान, भ्रष्टाचार मुक्त र सुशासन स्थापना गर्न सरकार प्रतिवद्ध रहेको उहाँको भनाइ छ ।
सम्भावना नै सम्भावना भएको देश नेपालमा स्वदेशी मात्र होइन विदेशी लगानीकर्ता भित्र्याएर नेपाली जनतालाई समृद्धिको बाटोतर्फ अगाडि बढाउने चाहना वर्तमान सरकारको रहेको मन्त्री पाण्डेले बताउनुभयो । पर्यटकीय राजधानी पोखरामा पर्यटनको सम्भावना अत्यधिक भएकाले पर्यटन नीति बनाएर यहाँ पर्यटनमैत्री वातावरण सिर्जना गर्ने उद्देश्य सरकारको रहेको उहाँको भनाइ छ । पोखराबाट नै पर्यटकलाई गर्ने सत्कार देशभरि सिकाउने वातावरण सिर्जना गर्न पोखरेली पर्यटन व्यवसायीलाई उहाँले आग्रह गर्नुभयो ।
.पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई चलायमान बनाउन आफूले विदेशी एयरलाइन्स कम्पनीसँग कुरा गरिरहेको उल्लेख गर्दै मन्त्री पाण्डेले नेपाली आकास सुरक्षित छ भन्ने कुराको सन्देश दिन जरुरी रहेको बताउनुभयो ।
त्यस अवसरमा नेपाल उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष आनन्दराज मुल्मीले पोखराको समग्र आर्थिक विकासका बारेमा जानकारी गराउनुभएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- एकैदिन तोलामा ५ हजार बढ्यो सुन
- राष्ट्र बैंकको गभर्नरमा डा. विश्वनाथ पौडेल नियुक्त
- भीमफेदीमा गाडी दुर्घटना हुँदा १४ घाइते, तीन जना गम्भीर
- आज ४ बजे गभर्नर सिफारिस समितिको बैठक बस्दै, ५ बजे मन्त्रिपरिषद बैठक
- ‘प्रधानमन्त्रीलाई हेलिकप्टरमा भाग्न छुट दिन्छौं’
- प्रतिनिधि सभाबाट दशरथ चन्द विश्वविद्यालय विधेयक पारित
- रवि लामिछानेको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुँदै
- यूएईलाई हराउँदै नेपाल महिला विश्वकप छनोटको ग्लोबल क्वालिफायरमा
- दुईवटा विषय थाती राखेर उपसमितिले बुझायो विद्यालय शिक्षा विधेयकको प्रतिवेदन
- रसुवामा स्याउ बोकेको गाडीमा भेटियो ठूलो परिमाणमा सुन