
जनकपुर । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले आर्थिक तथा सामाजिक रूपान्तरणका लागि नीतिगत प्रतिबद्धता र सङ्कल्पसहित अगाडि बढेको बताउनुभएको छ ।
वर्तमान सरकारको सय दिनको अवधिमा प्राप्त उपलब्धि सार्वजनिकीकरण कार्यक्रममा मुख्यमन्त्री सिंहले भन्नुभयो– ‘प्रारम्भिक र सर्वसम्मत खाका, गति र कार्यशैली सुनिश्चित गरी नूतन सोच तथा अक्षय निष्ठाका साथ अघि बढिरहेका छौँ ।’ उत्तरदायित्व र जिम्मेवारीका साथ सुशासन र विकासका पक्षमा परिणामुखी महत्वाकाङ्क्षी दीर्घकालिक कार्ययोजनाअनुसार प्रदेश सरकार काम गर्दै आएको उहाँको भनाइ छ ।
चालु आर्थिक वर्षको बजेट कार्यान्वयनमा जटिलता आउन नदिने चुनौतीसँगै आर्थिक वर्ष २०८१÷८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्ने, विनियोजन विधेयक तयार गर्ने तथा पारित गराउने काम निर्धारित समयमा कुशलतापूर्वक सम्पन्न गरेको मुख्यमन्त्री सिंहले बताउनुभयो । संरचनागत र व्यवस्थापकीय कठिनाइ, कर्मचारी व्यवस्थापन, मानव संसाधन क्षमता एवं अनुभवको कमी, न्यून आर्थिक स्रोत आदिका कारण प्रदेश सरकारका कतिपय जिम्मेवारी प्रक्रियागत कारणले अलमलमा पर्ने गरेको स्वीकार गर्दै उहाँले सिकाइ र अनुभवका साथ अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
संवैधानिक अस्पष्टता, सङ्घीय कानुन निर्माण नहुनु तथा विद्यमान कानुन कार्यान्वयनका समस्या र अत्यावश्यक विषयमा प्रादेशिक कानुनसमेतको अभावले प्रदेश सरकारका काम प्रभावित भइरहेको मुख्यमन्त्री सिंहले गुनासो पोख्नुभयो । प्रदेशको प्रशासकीय सुधार, सुशासनको प्रत्याभूति, समृद्धि, सन्तुलित एवम् आत्मनिर्भर मधेसका लागि तीव्र र परिणाममुखी काममा जोड दिइएको उहाँले उल्लेख गर्नुभयो ।
प्रदेशवासीमा मौजुदा प्रदेश सरकारप्रति गहिरो विश्वास र अपूर्व भरोसा कायम भएको अनुभूतिले आफूलाई खुशी तुल्याएको र कुनैकुनै पक्ष वा कोणबाट सङ्घीयताप्रति गरिने नकारात्मक टिप्पणी वा गलत तथा भ्रामक भाष्य निर्माणको दुष्प्रयास पनि प्रदेश सरकारप्रति बढ्दो जनविश्वास, अपेक्षा र उत्साहका कारण निस्तेज भइरहेको उहाँको भनाइ थियो । विकाससम्बन्धी योजनाका लागि सोच, गन्तव्य, प्राथमिकता र परिष्करणलाई लिएर सतर्कता अपनाएको उल्लेख गर्दै उहाँले खासगरी दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकाङ्क्षा पुरा गर्न तथा प्रदेश अर्थतन्त्रलाई आत्मनिर्भर, सबल र उन्नतिशील बनाउन बहुआयामिक रुपमा काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
मुख्यमन्त्री सिंहले पारदर्शिता र समयबद्धता कायम हुने स्थिति तयार भइसकेको जानकारी दिँदै प्रदेश निजामती सेवा, प्रदेशका अन्य सरकारी सेवा, प्रदेश सङ्गठित संस्थाको सेवा र स्थानीय सेवाको पदमा उपयुक्त उम्मेदवारको छनौटमा स्वच्छता तथा निष्पक्षता कायम गरी योग्यता प्रणालीको प्रवद्र्धन, सार्वजनिक प्रशासनलाई सक्षम, सुदृढ र सेवामुखी बनाउन प्रदेशमा लोकसेवा आयोग प्रतिबद्ध रहे पनि आयोगका अध्यक्ष र एक सदस्य पद रिक्त रहेकाले सबै काम अवरुद्ध भएको दुःखेसो पोख्नुभयो । प्रदेशको आयोगले नीति तथा योजना निर्माणमा भुइँतहको आकाङ्क्षा प्रतिबिम्बित गर्नेगरी नागरिक समाजसँगको नियमित र निरन्त संवाद थालनी जानकारी समेत उहाँले दिनुभयो ।
‘लामो समयदेखि थाती रहेको बढुवा नियुक्ति, कर्मचारीको रुचि, योग्यता, दक्षता अनुभव र तालिमलाई प्राथमिकतामा राखी तिनीहरूको उत्प्रेरणा र मनोबल अभिवृद्धि गर्ने किसिमले सरुवा व्यवस्थापन गरेका छौँ र गरिरहेका छौँ’ मुख्यमन्त्री सिंहले प्रस्ट पार्नुभयो ।
कानुन अभावमा प्रदेश सरकारले गर्ने सेवा प्रवाह, विकास निर्माण र नियमनसम्बन्धी कार्यमा विभिन्न किसिमका बाधाअड्चन उत्पन्न हुँदै आएको दुःखेसो पोख्दै मुख्यमन्त्री सिंहले लागुऔषध दुव्र्यसनीको सङ्ख्या बढेकामा चिन्ता व्यक्त गर्दै प्रदेश सरकारले सरकारी स्तरमै सुधार केन्द्र निर्माणलगायतको काम गरिरहेको जानकारी गराउनुभयो ।
कार्यक्रममा प्रदेशका गृह, सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखी, भौतिक पूर्वाधारमन्त्री सरोजकुमार यादव, खेलकुद तथा समाज कल्याणमन्त्री प्रमोद जयसवाल, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री सत्रुधनप्रसाद सिंहलगायतका उपस्थिति रहेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति