
काठमाडौँ । घरेलु मैदानमा आयोजना हुने महिला साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताका लागि प्रारम्भिक चरणमा ४० खेलाडी छनोट भएका छन् ।
कात्तिक १ देखि १४ गतेसम्म हुने प्रतियोगिताको लागि नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले आज खेलाडी छनोट गर्नुभएको हो । उहाँले राष्ट्रिय टोलीबाट खेलिरहेका खेलाडीबाहेक राजधानीमा जारी एन्फा महिला लिग प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गरेका खेलाडीलाई समेट्दै ४० खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाउनुभयो ।
छनोट हुने नेपाली टोलीमा अञ्जली तुम्बापो सुब्बा, अन्जना रानामगर, उसा नाथ, गीता राना, अमृता जैसि, समीक्षा घिमिरे, नीसा थोकर, पुजा राणा, विमला विक, हिराकुमारी भुजेल, प्रतीक्षा चौधरी, रेणुका नगरकोटी, प्रीति राई, सरु लिम्बु र दीपा शाही छन् ।
त्यसैगरी सविता रानामगर, अनिता बस्नेत, अमिषा कार्की, विमला चौधरी, सावित्रा भण्डारी, रेखा पौडेल, रश्मीकुमारी घिसिङ, अनिता केसी, चन्द्रा भण्डारी, सरस्वती हमाल, तुलसा बोहरा, भूमिका बुढाथोकी, ममता पुन, यशोदा शाही, अञ्जली माचामसी, सुष्मा तामाङ, सुक्रिया मिया, सजिना कोइराला, नेहाकुमारी चौधरी, सजनी थोकर, अनिता लामगेल, लिला जोशी, सुशीला चौधरी, कुस्मा राई र सुनिता भुलन छनोटमा परेका छन् ।
प्रतियोगितामा नेपाल समूह ‘बी’ मा रहेको छ । नेपालको समूहमा श्रीलङ्का, माल्दिभ्स र भुटान रहेका छन् । त्यसैगरी समूह ‘ए’ मा भारत, बङ्गलादेश र पाकिस्तान छन् । उक्त प्रतियोगिताको खेलहरू त्रिपुरेश्वरस्थित दशरथ रङ्गशाला मैदानमा हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- एकैदिन तोलामा ५ हजार बढ्यो सुन
- राष्ट्र बैंकको गभर्नरमा डा. विश्वनाथ पौडेल नियुक्त
- भीमफेदीमा गाडी दुर्घटना हुँदा १४ घाइते, तीन जना गम्भीर
- आज ४ बजे गभर्नर सिफारिस समितिको बैठक बस्दै, ५ बजे मन्त्रिपरिषद बैठक
- ‘प्रधानमन्त्रीलाई हेलिकप्टरमा भाग्न छुट दिन्छौं’
- प्रतिनिधि सभाबाट दशरथ चन्द विश्वविद्यालय विधेयक पारित
- रवि लामिछानेको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुँदै
- यूएईलाई हराउँदै नेपाल महिला विश्वकप छनोटको ग्लोबल क्वालिफायरमा
- दुईवटा विषय थाती राखेर उपसमितिले बुझायो विद्यालय शिक्षा विधेयकको प्रतिवेदन
- रसुवामा स्याउ बोकेको गाडीमा भेटियो ठूलो परिमाणमा सुन