
धनुषा । जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासत फोडेर भागेका ९ जना थुनुवामध्ये ७ जना पक्राउ परेका छन्। सोमबार बिहान हिरासतको भेन्टिलेशन फोडेर भागेका ९ थुनुवामध्ये ७ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी रञ्जन अवाले जानकारी दिनुभयो ।
फरारमध्ये सत्यम झालाई प्रहरीले बिहानै पक्राउ परेको थियो । उनलाई जनकपुरबाट पक्राउ गरिएको थियो। मनिष मण्डल र विशाल मुखिया फरार छन्। उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
अन्य फरारहरु मध्ये अमितकुमार झा, रञ्जित मण्डल, रोशनकुमार मण्डल, भाष्करकुमार यादव पक्राउ परेका छन् । उनीहरू लागुऔषध खैरो हेरोइनसहित पक्राउ परेका थिए। सुमित मेस्तर र बिक्की कार्कीलाई पनि दिउँसो पक्राउ गरिएको हो। उनीहरूलाई धनुषाको औरही गाउँपालिकास्थित नेपाल भारत सिमा आसपासबाट पक्राउ गरिएको डिएसपी अवाले जानकारी दिनुभयो ।
आज बिहान करिब ४ बजेको समयमा थुनुवा कक्षको भेन्टिलेशन फोडेर उनीहरु भागेका थिए। हिरासतमा १० जना रहेकामा एक जना भने भागेका थिएनन्।
कार्यालयमा सेन्ट्री पनि खटिएका थिए तर कसरी थाहा पाएनन् भन्ने बारे अनुसन्धान हुने प्रहरीले जनाएको छ । पहिले फरारहरूलाई खोजी गर्छौं। त्यसपछि उनीहरू कसरी भाग्न सफल भए भन्नेबारे अनुसन्धान गर्छौं, डिएसपी अवाले भन्नुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- एकैदिन तोलामा ५ हजार बढ्यो सुन
- राष्ट्र बैंकको गभर्नरमा डा. विश्वनाथ पौडेल नियुक्त
- भीमफेदीमा गाडी दुर्घटना हुँदा १४ घाइते, तीन जना गम्भीर
- आज ४ बजे गभर्नर सिफारिस समितिको बैठक बस्दै, ५ बजे मन्त्रिपरिषद बैठक
- ‘प्रधानमन्त्रीलाई हेलिकप्टरमा भाग्न छुट दिन्छौं’
- प्रतिनिधि सभाबाट दशरथ चन्द विश्वविद्यालय विधेयक पारित
- रवि लामिछानेको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुँदै
- यूएईलाई हराउँदै नेपाल महिला विश्वकप छनोटको ग्लोबल क्वालिफायरमा
- दुईवटा विषय थाती राखेर उपसमितिले बुझायो विद्यालय शिक्षा विधेयकको प्रतिवेदन
- रसुवामा स्याउ बोकेको गाडीमा भेटियो ठूलो परिमाणमा सुन