
काठमाडौँ । नेपाली सेनाका अवकास प्राप्त मानार्थ उपरथी भरतचन्द्र गुरुङको स्वरमा तामाङ सेलोको ‘आम्बोइ नि’ बोलको गीत आइतबार यु–ट्युबमार्फत सार्वजनिक भएको छ ।
गायक गुरुङका ९६ वर्षीय पिता अवकाश प्राप्त क्याप्टेन इन्द्रजित गुरुङले एक समारोहबीच गीत सार्वजनिकीकरण गर्नुभयो । डा आशबहादुर तामाङको शब्दरचना रहेको गीतमा बद्री शर्माको सङ्गीत संयोजन छ । वरिष्ठ गायिका इन्दिरा गोलेले स्वरमा साथ दिनुभएको छ ।
आउँदै गरेको बडादसैँ र तिहारका लागि श्रोता तथा दर्शकलाई उपहार दिने उद्देश्यसहित सार्वजनिक गरिएको गीतका शब्दमा तामाङ सेलोका ठट्टा तथा रमाइलोको संयोजन छ । तामाङ जाति र समुदायको मौलिकता कायम राख्दै गीतको छाँयाङ्कनमा समेत नयाँपन दिन खोजिएको छ । गायक गुरुङको औपचारिक रेकर्ड भएको यो पहिलो गीत हो ।
बाल्यकादेखि गीत सङ्गीतमा चासो राख्ने मानार्थ उपरथी गुरुङले सैनिक जीवनमा रहँदा अनौपचारिक रुपमा गीत गाउँदै आउनुभएको थियो । तामाङ समुदायको इतिहास र परम्परासँग जोडिएको यस गीतले समुदायको जीवन शैली, भावना र अनुभवलाई प्रतिबिम्बित गरेको छ । तामाङ सेलो भाका नेपाली समाजमा खुशी र उत्सवको प्रतिका रुपमा चिनिन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति