
चितवन । नेपाली कांग्रेस पार्टी कार्यालय चितवनले जिल्ला नेताहरुका लागि विद्युतीय हाजिरीको व्यवस्था गरेको छ ।
जिल्लास्तरीय नेताहरूको पार्टी कार्यालयमा आवागमनसम्बन्धी तथ्याङ्क चुस्तदुरुस्त रुपमा राख्ने उद्देश्यले विद्युतीय हाजिरको व्यवस्था गरिएको कार्यालयले स्पष्ट गरेको छ ।
जिल्ला सभापति राजेश्वर खनालका अनुसार गत साउन १ गतेदेखि विद्युतीय हाजिरको व्यवस्था गरिएको हो । जिल्ला कार्यसमितिका ६७ जना, क्षेत्र, प्रदेश र पालिका समितिका १६ जना सभापति र पाँच जना कर्मचारी समेत गरी जम्मा ८८ जनाको हाललाई विद्युतीय हाजिरीमा अभिलेख हुने व्यवस्था गरिएको छ ।
सभापति खनालले भन्नुभयो– ‘पार्टी कार्यालयमा जडान गरिएको विद्युतीय हाजिरी उपकरणअघि उभिएपछि हाजिरी हुन्छ, जिल्लास्थित तोकिएका नेताहरू पार्टी कार्यालय आउँदा हाजिर गर्ने परिपाटी सुरु भएको छ, यसलाई अझ व्यवस्थित, प्रभावकारी, प्रविधिमैत्री र जवाफदेही बनाउँदै नवीन सोचका साथ जिल्ला पार्टी कार्यालय सञ्चालन गर्दछौँ ।’
चितवनबाट शुरु भएको हाजिरी व्यवस्थापनसम्बन्धी प्रविधिमा आधारित अभ्यास क्रमशः अन्य जिल्ला कार्यालयमा पनि सुरु हुने विश्वास व्यक्त गर्दै उहाँले देश र जनताका पक्षमा स्थापित जिम्मेवार राजनीतिक पार्टीमा आवद्ध नेता तथा कार्यकर्ता सदैव सेवाका साथ मुलुक र जनताप्रति समर्पित हुनुपर्ने धारणा व्यक्त गर्नुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति