
काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले नेपाली समाजको विविधता नै नेपालीको पहिचान भएको बताउनुभएको छ ।
पूर्वाञ्चल गन्धर्भ सांस्कृतिक उत्थान सङ्घ झापाको प्रतिनिधि मण्डलसँग काठमाडौँमा भएको भेटमा मन्त्री दाहालले नेपाली मौलिकता र नेपाली सङ्गीतको संरक्षण सबैको साझा दायित्व भएको बताउनुभयो । नेपालका सबै जाति, भाषा, संस्कार र संस्कृति संरक्षणमा सरकार प्रतिवद्ध रहेको उहाँको भनाइ छ ।
नेपाली मौलिकताको संरक्षणका लागि नयाँ पुस्तालाई आकर्षित गर्न जरुरी रहेको उल्लेख गर्दै मन्त्री दाहालले कुनै पनि जातजातिको संस्कृति सङ्कटमा परे राज्यको परिचय नै सङ्कटमा पर्ने बताउनुभयो ।
कार्यक्रममा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सबै जातजातिको संस्कृति संरक्षणका लागि आफ्नो मन्त्रालयले सक्दो पहल गर्ने बताउनुभयो । पूर्वाञ्चल गन्धर्भ सांस्कृतिक उत्थान सङ्घका अध्यक्ष रवीन गन्धर्भले आफ्नो संस्थाले नेपाली मौलिक सङ्गीतको संरक्षण गर्न देशव्यापी अभियान सञ्चालन गरिरहेको बताउनुभयो ।
गन्धर्भ जातिलाई लोपोन्मूख जातिमा सूचीकृत गर्नुपर्ने, नेपाली मौलिक संस्कृतिको संरक्षण गर्नुपर्ने, सङ्गीतमाथिको हस्तक्षेप रोक्नुपर्नेलगायतका विषयमा जागरण फैल्याउन अभियान थालिएको उहाँको भनाइ छ । त्यस अवसरमा झापाको कचनवकल गाउँपालिकामा गन्धर्भ सङ्ग्रहालय, सभाहल, पहुँचमार्गलगायतका संरचना निर्माण गर्न तथा गन्धर्भ बस्तीमा ‘होमस्टे’ सञ्चालन गर्न आवश्यक सहयोगका लागि आग्रह गरिएको अध्यक्ष गन्धर्भले जानकारी दिनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति