
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले संविधान अनुकूल कानुन निर्माणमा सरकार जुटिरहेको बताउनुभएको छ ।
नेपाली रेडियो नेटवर्कको आठौँ स्थापना दिवसका अवसरमा आज आयोजित ‘संविधानका नवौँ वर्ष’ विषयक अन्तरक्रियामा सरकारले उहाँले आवश्यक कानुन निर्माणलाई प्राथमिकता दिएको उल्लेख गर्नुभयो ।
ऊर्जामन्त्री खड्काले संविधान स्थायी दस्तावेज नभएकाले जनताको अपेक्षा र देशको आवश्यकताअनुसार संविधान संशोधन गर्न सकिने उल्लेख गर्नुभयो । संविधानको रक्षाका लागि सबै दल मिल्नुपर्ने उहाँको भनाइ छ ।
मन्त्री खड्काले जनतामा देखिएका निराशालाई चिर्दै देशको आर्थिक विकासका लागि सरकारले काम गरिरहेको उल्लेख गर्नुभयो । उहाँले विभिन्न दलका नेता र सरकारका बारेमा प्रश्न उठे पनि सङ्घीयताको नाममा भने प्रश्न नउठेको बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- एकैदिन तोलामा ५ हजार बढ्यो सुन
- राष्ट्र बैंकको गभर्नरमा डा. विश्वनाथ पौडेल नियुक्त
- भीमफेदीमा गाडी दुर्घटना हुँदा १४ घाइते, तीन जना गम्भीर
- आज ४ बजे गभर्नर सिफारिस समितिको बैठक बस्दै, ५ बजे मन्त्रिपरिषद बैठक
- ‘प्रधानमन्त्रीलाई हेलिकप्टरमा भाग्न छुट दिन्छौं’
- प्रतिनिधि सभाबाट दशरथ चन्द विश्वविद्यालय विधेयक पारित
- रवि लामिछानेको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुँदै
- यूएईलाई हराउँदै नेपाल महिला विश्वकप छनोटको ग्लोबल क्वालिफायरमा
- दुईवटा विषय थाती राखेर उपसमितिले बुझायो विद्यालय शिक्षा विधेयकको प्रतिवेदन
- रसुवामा स्याउ बोकेको गाडीमा भेटियो ठूलो परिमाणमा सुन