
गण्डकी । गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले संविधानको पूर्ण पालना र कार्यान्वयनमा राज्यका सबै अङ्गहरुले निष्पक्ष र न्यायपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभएको छ ।
गण्डकी प्रदेश सरकारद्वारा संविधान दिवसका अवसरमा आज पोखरामा आयोजित मूल समारोहलाई सम्बोधन गर्दै उहाँले संविधानको कार्यान्वयनमार्फत राष्ट्रिय समृद्धि हासिल गर्दै सङ्घीय लोकतान्त्तिक गणतन्त्रका आधारभूत मान्यता र मूल्य प्रणालीलाई राष्ट्रिय जीवनपद्धति बनाउनुपर्ने बताउनुभयो ।
‘हाम्रो संविधानले सामाजिक न्यायमा आधारित समतामुलक समाजको परिकल्पना साकार बनाउन समाजवाद उन्मुख अर्थतन्त्रको निर्माण गर्ने लक्ष्य लिएको छ’ प्रदेश प्रमुख भट्टले भन्नुभयो– ‘ त्यो लक्ष्य हासिल गर्न मुलुकमा उपलब्ध प्राकृतिक श्रोत तथा उर्जाशील युवाशक्तिसहित मानवीय संशाधनका दिगो सदुपयोग गर्दै कृषि, वन, जलश्रोत र पर्यटनमा आधारित उद्यमशीलताको विकासमार्फत स्वाबलम्बी राष्ट्रिय अर्थतन्त्रको निर्माण गर्नु आजको आवश्यकता हो ।’
नेपाली जनताको दशकौँ लामो सङ्घर्ष र बलिदानको फलस्वरुप सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएको उहाँले बताउनुभयो । संविधानले सुनिश्चित गरेका मौलिक अधिकारहरुको कार्यान्वयन गरी राज्यबाट प्राप्त हुने सेवा र सुविधाहरुमा सबै नागरिकको समान पहुँच स्थापित हुनुपर्ने उहाँले बताउनुभयो । सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास र सुदृढीकरण गर्न मुलुकको राष्ट्रिय एकता, अखण्डता र जनतामा निहित सार्वभौमसत्तालाई सर्वोपरी राख्न आवश्यक रहेको उहाँको भनाइ छ ।
समारोहमा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले संविधानले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थापको माध्यमद्वारा दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकङ्कक्षा पूरा गर्ने सङ्कल्प लिएको बताउनुभयो । ‘निरङ्कुश र केन्द्रीकृत राज्य व्यवस्थाद्वारा सिर्जित विभिद र उत्पीडिनको अन्त्य गर्दै जातिय, भाषिक, धार्मिक, सांस्कृतिक तथा भौगोलिक विविधतायुक्त नेपाली समाजलाई राष्ट्रिय एकताको सूत्रमा आबद्ध गरेको छ’ मुख्यमन्त्री पाण्डेले भन्नुभयो । मुलुकलाई सामाजिक न्यायसहितको आर्थिक समृद्धिको दिशातर्फ अघि बढाउनुपर्ने दायित्व राजनीतिक नेतृत्वसामु रहेको उहाँको भनाइ छ । संविधानमा व्यवस्था भएअनुसार सङ्घ, प्रदेश र स्थानीय तहलाई शक्ति र स्रोतको बाडफाँट गर्दै सङघीय प्रणालीलाई संस्थागत गर्नुपर्ने मुख्यमन्त्री पाण्डेले बताउनुभयो ।
ग्ण्डकी प्रदेशसभाका सभामुख कृष्णप्रसाद धितालले संविधानको पूर्ण कार्यान्वयनमा जोड दिनुभयो । उहाँले संविधानले निदृष्ट गरेअनुसार धेरै ऐन, कानुन बनाउनुपर्ने आवश्यक रहेको उहाँले बताउनुभयो । ‘सङ्घ सरकारले ऐन नबनाएका कारण कतिपय प्रदेश कानुन अगाडि बढाउन सकिएको छैन”, सभामुख धितालले भन्नुभयो– ‘नागरिकलाई थप सुदृढ र अधिकार सम्पन्न बनाउन राजनीतिक दल एकता र समन्वयका साथ अगाडि बढ्नु आवश्यक छ ।’
गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री खगराज अधिकारीले संविधान निर्माण राष्ट्रिय एकतासाथ गरिएको भन्दै संशोधन र परिमार्जन गर्दा पनि राष्ट्रिय सहमतिका आधारमा मात्र गरिने बताउनुभयो । उहाँले संविधानले व्यवस्था गरेका गणतन्त्र, सङ्घीयता, धर्मनिरेपक्षता, समानुपातिक र समोवशी सिद्धान्तप्रति कसैसँग सम्झौता नुहने बताउनुभयो । ‘नागरिकका अधिकारलाई थप सुदृढ र अधिकारसम्पन्न गराउन संविधान संशोधन हुनसक्छ, तर यो विष्या राजनीतिक दलहरुबीचको एकता र सहमतिका आधारमा मात्र अगाडि बढ्छ’ पूर्वमुख्यमन्त्री अधिकारीले भन्नुभयो ।
गण्डकी प्रदेशसभाका विपक्षी दलका नेता हरिबहादुर चुमानले संविधानको पूर्ण कार्यान्वयन नहुँदा सङ्घीयताप्रति टिकाटिप्पणी भइरहेको बताउनुभयो । उहाँले संविधानका उपलब्धीलाई रक्षा गर्न परिवर्तनका पक्षधर शक्तिहरु एकठाउँ उभिनुपर्ने बताउनुभयो । औपचारिक समारोहअघि मुख्यमन्त्री पाण्डे लगायतले शहीदचोकमा पुगेर सहिदका सालिकमा माल्यार्पण गर्नुभएको थियो । शहीदचोकदेखि शुरु भएको प्रभातफेरि मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय परिसरमा आएर मूल समारोहमा परिणत भएको थियो । त्यो समारोहमा गण्डकी प्रदेश प्रज्ञा प्रतिष्ठानका कलाकारहरुले विभिन्न सांस्कृतिक झाँकी तथा नृत्य प्रस्तुत गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- एकैदिन तोलामा ५ हजार बढ्यो सुन
- राष्ट्र बैंकको गभर्नरमा डा. विश्वनाथ पौडेल नियुक्त
- भीमफेदीमा गाडी दुर्घटना हुँदा १४ घाइते, तीन जना गम्भीर
- आज ४ बजे गभर्नर सिफारिस समितिको बैठक बस्दै, ५ बजे मन्त्रिपरिषद बैठक
- ‘प्रधानमन्त्रीलाई हेलिकप्टरमा भाग्न छुट दिन्छौं’
- प्रतिनिधि सभाबाट दशरथ चन्द विश्वविद्यालय विधेयक पारित
- रवि लामिछानेको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुँदै
- यूएईलाई हराउँदै नेपाल महिला विश्वकप छनोटको ग्लोबल क्वालिफायरमा
- दुईवटा विषय थाती राखेर उपसमितिले बुझायो विद्यालय शिक्षा विधेयकको प्रतिवेदन
- रसुवामा स्याउ बोकेको गाडीमा भेटियो ठूलो परिमाणमा सुन