
चितवन । नेपाली कांग्रेस चितवनले जिल्लाका सातै पालिकामा सात वाटिका निर्माण एवं व्यवस्थापन गर्ने भएको छ । ‘सात पालिका सात वाटिका’ अभियान सञ्चालन गरी पार्टीमा महत्वपूर्ण योगदान पुर्याएका नेताहरुको नामबाट सात पालिकामा सात वाटिका निर्माण गर्न लागिएको हो ।
जिल्ला सभापति राजेश्वर खनालका अनुसार माडी नगरपालिकामा गणेशमान स्मृति दिवसको अवसर पारेर आज गणेशमान सिंह स्मृति वाटिका शुभारम्भ गरिएको छ । माडी–५ मा करिब दुई बिघा क्षेत्रफलमा उक्त वाटिका निर्माण सुरु गरिएको उहाँले जानकारी दिनुभएको छ ।
सभापति खनालले भरतपुर महानगरपालिकामा बिपी शान्ति नगर वनलाई व्यवस्थित गरेर सोही वाटिकालाई व्यवस्थित गरिने बताउनुभयो । रत्ननगरमा सुशील कोइराला स्मृति पार्क, खैरहनीमा शुवर्णशमशेर वाटिका, राप्तीमा गिरिजाप्रसाद कोइरालापार्क, कालिका नगरपालिकामा किसुनजी वाटिका र ईच्छाकामना गाउँपालिकामा शैलजा आचार्य स्मृति पार्क बनाउने योजना रहेको उहाँले जानकारी दिनुभयो ।
खनालका अनुसार स्थानीय तहसँग उपयोग नभएर बसेका उपयुक्त जग्गा माग गरी आर्थिक सङ्कलनमार्फत पार्क निर्माण गरिँदै छ । माडीमा गणेशमान सिंहको नाममा प्रतिष्ठान गठन गरिएको छ भने अन्य पालिकामा नेपाली कांग्रेस चितवनअन्तर्गत रहने गरी दर्ता गरिएको सान्दाजु स्मृति प्रतिष्ठानमार्फत् वाटिकाको निर्माण र संरक्षण गरिने योजना रहेको उहाँले उल्लेख गर्नुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति