
काठमाडौँ । मन्त्रिपरिषद्का पूर्वअध्यक्ष एवं पूर्वप्रधानन्यायाधीश खिलराज रेग्मीले संवैधानिक अभ्यास, अनुभव र कार्यान्वयन पक्षका कमीकमजोरीलाई केलाउँदै लोकतन्त्र, मानव अधिकार, समानता र समृद्धिको आगामी यात्रामा जुट्न सबैलाई आह्वान गर्नुभएको छ ।
संविधान दिवस–२०८१ को पूर्वसन्ध्यामा दिनुभएको शुभकामना सन्देशमा पूर्वअध्यक्ष रेग्मीले परिणाममुखी कामले मात्र जनआकाङ्क्षा पूरा हुने भएकाले संविधान लक्षित उद्देश्यतर्फ अघि बढन सुझाव दिनुभएको छ । ‘स्थिरता, जनसहभागिता, प्राप्त हकअधिकारको संरक्षण र समृद्धि संवैधानिक मार्गचित्र भएकाले यसको सम्बर्द्धन गर्नु आजको लोकतन्त्रको सारभूत विषय हो । हाम्रा सबै क्रियाकलाप यसतर्फ केन्द्रित हुनुपर्दछ’ उहाँले भन्नुभयो ।
लामो सङ्घर्ष र जनआन्दोलनको कठिनतम प्रयासबाट लोकतान्त्रिक संविधान प्राप्त भएको स्मरण गराउँदै पूर्वप्रधानन्यायाधीश रेग्मीले वीर शहीदको बलिदान, घाइते, अपाङ्गहरूको सङ्घर्षपूर्ण जीवनले जनताको समुन्नत भविष्यका लागि अघि बढ्न घच्घचाइ रहेको स्पष्ट गर्नुभयो । संविधान संशोधन सबैका लागि चासो र बहसको विषय बनेको उहाँले उल्लेख गर्नुभएको छ ।
पूर्वअध्यक्ष रेग्मीले भन्नुभयो– ‘अब अलमलिने र अलमल्याउने छुट कसैलाई छैन । आजको प्रविधिको चरम विकास भएको विश्व व्यवस्थामा नेपाली जनता पनि बढी जागरुक र सचेत भइसकेका छन् ।’ उहाँले शिक्षा, स्वास्थ्य, रोजगारी र समृद्धि आजको महत्वपूर्ण कार्यभार र आवश्यकता भएकाले जनताको जीवनस्तर सुधारमा ध्यान केन्द्रित गर्न सबैलाई सुझाव दिनुभएको छ।
पूर्वप्रधानन्यायाधीश रेग्मीले आज संविधान संशोधनको विषय एजेन्डाका रुपमा सरकार पक्षबाट उठाइएकाले सार्वजनिक चासो र बहसको विषय बनिरहेको उल्लेख गर्नुभयो ।
‘संविधान दिवसका अवसरमा नेपाली जनताका आकाङ्क्षा र संवैधानिक लक्ष्य सबैको प्राथमिकताको विषय बनोस्, सम्पूर्ण नेपालीमा हार्दिक शुभकामना व्यक्त गर्दछु’ उहाँले भन्नुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- एकैदिन तोलामा ५ हजार बढ्यो सुन
- राष्ट्र बैंकको गभर्नरमा डा. विश्वनाथ पौडेल नियुक्त
- भीमफेदीमा गाडी दुर्घटना हुँदा १४ घाइते, तीन जना गम्भीर
- आज ४ बजे गभर्नर सिफारिस समितिको बैठक बस्दै, ५ बजे मन्त्रिपरिषद बैठक
- ‘प्रधानमन्त्रीलाई हेलिकप्टरमा भाग्न छुट दिन्छौं’
- प्रतिनिधि सभाबाट दशरथ चन्द विश्वविद्यालय विधेयक पारित
- रवि लामिछानेको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुँदै
- यूएईलाई हराउँदै नेपाल महिला विश्वकप छनोटको ग्लोबल क्वालिफायरमा
- दुईवटा विषय थाती राखेर उपसमितिले बुझायो विद्यालय शिक्षा विधेयकको प्रतिवेदन
- रसुवामा स्याउ बोकेको गाडीमा भेटियो ठूलो परिमाणमा सुन