
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहको फोटोसहितको टिसर्ट लगाएर इन्द्रजात्रामा पुगेका समर्थकहरूलाई प्रहरीले बसन्तपुर क्षेत्रबाट छानिछानी नियन्त्रणमा लिएको छ ।
मेयर बालेन शाहको फोटो र बालेन लेखिएको टिसर्ट लगाएर बसन्तपुर पुगेकाहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो। उनीहरूलाई बसन्तपुर दरबार क्षेत्रबाट नियन्त्रणमा लिएर प्रहरी वृत्त जनसेवामा राखिएको प्रहरीले जनाएको छ।
इन्द्रजात्रामा प्रधानमन्त्री केपी शर्मा ओलीलगायत सहभागी हुने कार्यक्रम छ। जात्राका लागि दुई हजार बढी सुरक्षाकर्मीहरू खटिएका छन्। बालेन शाहको फोटो भएको टिसर्ट लगाएकाहरूलाई सुरक्षाका लागि प्रहरी वृत्त जनसेवामा लगिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी बसन्त रजौरेले जानकारी दिनुभएको छ । बालेनको फोटोसहितको टिसर्ट लगाएका १० जनालाई जनसेवामा राखिएको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति