
लुम्बिनी । लुम्बिनी प्रदेश योजना आयोगका उपाध्यक्ष डा डिल्लीराज अर्यालले आज पद तथा गोपनीयताको शपथ लिनुभएको छ । उहाँसँगै आयोगका सदस्यहरुले पनि पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।
मुख्यमन्त्री चेतनारायण आचार्यले उपाध्यक्ष डा अर्याललाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको थियो भने उपाध्यक्ष अर्यालले सदस्य डा सुदनकुमार वली, भुवन चौधरी र शान्तादेवी ढकाललाई शपथग्रहण गराउनुभयो । आयोगका उपाध्यक्षसहित सदस्यलाई आज बसेको प्रदेश सरकार मन्त्रिपरिषद् बैठकले नियुक्त गरेको हो ।
प्रदेश योजना अयोग गठन तथा कार्य सञ्चालन आदेश २०८० को दफा १६ बमोजिम उपाध्यक्ष तथा सदस्यहरुले आफ्नो कार्यभार सम्हाल्नु अघि अनुसूची २ बमोजिमको ढाँचामा पद तथा गोपनीयताको शपथ लिनुपर्ने व्यवस्था छ ।
शपथ ग्रहण कार्यक्रमपछि मुख्यमन्त्री आचार्यले लुम्बिनी प्रदेशको सुखद् भविष्य निर्माण गर्न तथ्य र प्रमाणमा आधारित योजनालाई अघि बढाउन प्रदेश योजना आयोगलाई निर्देशन दिनुभयो ।
‘पहिलो आवधिक योजनाको जगमा प्रदेश उभिएको छ । अब हामी दोस्रो आवधिक योजना निर्माणको अन्तिम चरणमा छौँ’ उहाँले भन्नुभयो– ‘दोस्रो आवधिक योजनालाई पूर्णता दिन यहाँहरुको भूमिका प्रदेशले चाहेको छ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति