+

उपप्रधानमन्त्री सिंह र विश्व बैंकका उच्च अधिकारीबीच भेटवार्ता

काठमाडौँ ।  उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंह र विश्व बैंकका उच्च अधिकारीहरुबीच भेटवार्ता भएको छ । 

उहाँहरुबीच आज शहरी विकास मन्त्रालयमा भेटवार्ता भएको हो । भेटवार्तामा  विश्व बैंकसँगको सहकार्यमा शहरी विकास मन्त्रालयअन्तर्गत सञ्चालित नेपाल सहरी शासकीय तथा पूर्वाधार आयोजनाका विषयमा छलफल भएको उपप्रधानमन्त्री सिंहको सचिवालयले जनाएको छ । 

भेटवार्तामा उपप्रधानमन्त्री सिंहले काठमाडौँ उपत्यकामा विश्व बैंकको सहकार्यमा मन्त्रालयले काम गर्न चाहेको उल्लेख गर्दै सहकार्यका लागि आग्रह गर्नुभएको थियो । ‘विश्व बैंकले काठमाडौँ उपत्यकामा पनि यसपटक कुनै आयोजनामा काम गरोस् । उपत्यकामा काम गर्दा त्यसको सन्देश देशभर जान्छ’ उपप्रधानमन्त्री सिंहले भन्नुभयो ।

काठमाडौँ उपत्यकाका नदीनाला व्यवस्थित गर्ने, सांस्कृतिक सहरका रुपमा उपत्यकालाई विकास गर्ने, जलवायु परिवर्तन र पूर्वाधार विकासका क्षेत्रमा सहकार्य गर्न उपप्रधानमन्त्री सिंहले जोड दिनुभयो । 

त्यस अवसरमा विश्व बैंककी नेपाल, माल्दिभ्स र श्रीलङ्काका लागि अपरेसन म्यानेजर प्रिति अरोराले नयाँ योजनामा उपत्यकामा काम गर्ने उपप्रधानमन्त्री सिंहको प्रस्तावमा सकारात्मक रहेको बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै