+

संसदको अवरोध हट्यो

काठमाडौँ । प्रमुख विपक्षी मा‌ओवादीले प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्रसंघको महासभामा जाने र महत्वपूर्ण विधेयकहरू अघि बढाउनुपर्ने आवश्यकतालाई बोध गर्दै संसद्‌ सुचारू गर्न दिएको छ ।

प्रतिनिधिसभाको सोमबारको बैठकमा माओवादीका शक्ति बस्नेतले पार्टीको धारणा राख्दै बैठक संचालन गर्न दिने पार्टीको धारणा सुनाउनु भएको थियो । 

माओवादी जनयुद्धलाई हिंसा भनि एमाले नेता योगेश भट्टराईले दिएको अभिव्यक्ति फिर्ता लिनुपर्ने माग गर्दै माओवादीले सदन अवरोध गरेको गरेको थियो । तर माओवादीले सोमबार संसद् अधिवेशन नै अन्त्य हुने भएकाले आफ्नो धारणा राख्दै अवरोध हटाउने निर्णय गरेको हो । 'हिंसालाई असंसदीय शब्दको रुपमा नभइ अपमानजनक शब्दको रुपमा लिएका छौं । यो सरकारको विचार हो कि दलको विचार हो त्यसबारे जवाफ माग गर्छौं' नेता बस्नेतले भन्नुभयो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै